काठमाडौं १३ भदौ
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनकाे निर्वाचनका लागि खोटाङकी प्रेमिला राईले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् ।
गुणस्तरीय शिक्षा तथा शैक्षिक सुधारका लागि आफूले  खुल्ला केन्दृय सदस्यमा उम्मेद्वारी दर्ता गरेको बताएकी छिन् ।
क्रान्तिकारीको निर्वाचन आज हुने कार्यक्रम रहेको छ । देशभरबाट २०२६ जना प्रतिनिधिले मतदान गर्नेछन् । क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा, रन्जित तामाङ र मदन अर्यालले उम्मेदवारी दिएका छन् ।