खोटाङ हरियाली डाँडापाखाको धनी जिल्ला हो । यहाँका सयौं ठाउँहरुबाट सुर्योस्तको दृश्य देख्न सकिन्छ ।
दिक्तेलको मुडेबाट हुर्लङतर्फ देखिएको दृश्य
दिक्तेल मुडेस्थित सानो रुखमा फुलेको लालीगुराँस ।
खोटाङ सदरमुकाम दिक्तेल
अलैंची बगान |
साकेला गाउँपालिकामा रहेको एक झरना। |
खोटाङमा सयौं किसिमका चराचुरुङ्गी देख्न पाइन्छ । यो दृश्य भने रुपीको हो ।
अब तपाईले पूर्वको पशुपति भनेर परिचित प्रसिद्ध धार्मिक स्थल हलेसीका दृश्यहरु देख्न सक्नुहुनेछ ।
हलेसी गुफा |
गुफाभित्रको एक ठाउँबाट आकाशतिर नियाल्दा देखिने दृश्य |
हलेसी बजारको एक भाग । नोटः दुई वर्ष अगाडी लिएको फोटो भएकाले धेरै संरचना र भवनहरु परिवर्तन भएका छन् । |
बराह पोखरी, तस्बीरः साभार |
खोटाङ र भोजपुरको सिमानामा अवस्थित मेरुङ डाँडा । यहाँबाट हिमाल तथा पहाडहरुका मनोरम दृश्य देख्न सकिन्छ । |
खोटाङ र भोजपुरको सिमानामा अवस्थित ट्याम्के डाँडा । यो समुन्द्री सतहबाट ३ हजार उचाईमा पर्छ । यहाँबाट आठ हजार माथिका ६ वटा हिमाल देख्न सकिन्छ । यो एक धार्मिक स्थल समेत हो । तस्बीरः इन्टरनेटबाट साभार
यी तलका तीन दृश्य खोटाङ र भोजपुरको सिमानामा अवस्थित मलुवा पोखरीको हो । यो ट्याम्के र मेरुङको बिचमा पर्दछ ।