खोटाङ भदौ–२२, आगामी भदौ २१ गतेभित्र अनिबार्य अबकास पाउने खोटाङका ४ जना कर्मचारीलाई निजामति सेवा दिवसको अवसमरमा सम्मान गरिएको छ । दिवसको अवसरमा सेवा अवधीभर सेवाग्राहीमा समर्पित भई गरेको कामको मुल्याङ्कन गर्दै आउँदो भदौ २१ गतेभित्र अनिबार्य अवकास पाउने जिल्ला समन्वय समितिका लेखापाल भक्त सैंजू, जिल्ला अदालतका तामिलदार कृष्णकुमार खत्री, मालपोत कार्यालयका कार्यालय सहयोगी टेकबहादुर बस्नेत र हुलाक कार्यालयका हुलाकी टेकप्रसाद आचार्यलाई सम्मान गरिएको हो ।
बिहिबार सम्मानित कर्मचारीलाई लोक सेवा आयोग सगरमाथा अञ्चल कार्यालय खोटाङका निर्देशक सुर्यनाथ कोईराला र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले सम्मान गरेका हुन् । ‘निजामती कर्मचारीको प्रतिवद्धता, पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ मनाइएको १४ औं निजामती सेवा दिवसको अवशरमा बिहान दिक्तेलबजारमा प्रभातफेरी निकालिएको थियो । दिक्तेलको हेलीप्याडबाट सुरु भएको प्रभातफेरी हाटडाँडा, पुरानो बेस क्याम्प हुँदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्लाका साहित्यकारहरुको रचना पनि प्रस्तुत भएका थिए ।