खोटाङ २३ भदौ
दिप्रुङ गाउँपालिकाको बजेट एक पक्षिय रुपमा छुट्याइएको भन्दै आवाज उठेको छ । कतिपय गाउँमा कुनै पनि योजना नदिएको आरोप समेत लागेको छ ।
जैबी चाम्लिङले सामाजिक सञ्जालमा वडा ६ मा ६५ लाख छुट्याएको तर सेम्मा-खिरौले, धिप्लुङ, दमार-मझौ मा कुनै आयोजना नराखेर रित्तो बनाएको दुखेको पोखेका छन् ।
उनले कस्तो सरकार आयो भन्दै व्यंग्य र प्रश्न गर्दै भनेका छन् –
‘दिप्रुङ गाउँ पालिका वडा न. ६ लाई छुट्याइएको बजेट हेर्दा करिब ६५ लाख देखिन्छ तर यो गाउँहरु (सेम्मा-खिरौले, धिप्लुङ, दमा-मझौ) कुनै आयोजना छैन रित्तो देख्छु यो कस्तो स्थानीय सरकार आयो ? त्यहाका जनता बोल्न नजानेका हुन कि बजेटका बारेमा नदिएका हुन बुझ्न बाकी छ।