काठमाडौं २६ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् । थपिएका मन्त्रीहरुको आज सपथ ग्रहण रहेको छ । राप्रपासँग अलग्गिएर बनेको राप्रपा प्रजातान्त्रिकबाट तीन मन्त्री र एक राज्यमन्त्री उनले थपेका हुन् ।
थपिएकामा दीपक बोहरालाई विज्ञान तथा प्रविधि, सुनील थापालाई उद्योग र विक्रम पाण्डेलाई वनमन्त्रीको जिम्मेवारी तोकिएको छ भने रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ । यो विस्तारसँगै देउवा मन्त्रिपरिषद्मा मन्त्री ३० र राज्यमन्त्री २३ पुगेका छन् ।
देउवाले २०५२ सालमा आफैंले बनाएको ४८ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ को रेकर्डलाई आफैंले तोडेका छन् ।
नयाँ पत्रिका दैनिकले मन्त्रीपरिषद विस्तारकै विषयमा २००७ सालयता बनेको मन्त्रिपरिषद्बारे सागम्री समेत तयार गरेको छ ।
—७ फागुन ००७ मा श्री ३ मोहनशमशेर जबरा नेतृत्वमा १० सदस्यीय मन्त्रिपरिषद्
—१ मंसिर ००८ मा मातृकाप्रसाद कोइराला नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन
—४ असार ०१० मा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद् ७ सदस्यीय
—१३ माघ ०१२ मा टंकप्रसाद आचार्यको नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन
—११ साउन ०१४ मा केआई सिंह (प्रधानमन्त्री)को नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् ११ सदस्यीय
—२ जेठ ०१५ मा सुवर्णशमशेर जबराको नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद्
—१३ जेठ ०१६ मा विश्वेश्वरप्रसाद कोइराला नेतृत्वमा एक सदस्यीय मन्त्रिपरिषद् गठन
—१३ पुस ०१७ मा गठन भएको मन्त्रिपरिषद् (तत्कालीन राजा महेन्द्रले शासन हातमा लिएकाले प्रधानमन्त्री नियुक्त भएका थिएनन्) १२ सदस्यीय
—१८ असार ०१९ मा डा. तुलसी गिरीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् १६ सदस्यीय
—२७ चैत ०२० मा तुलसी गिरीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् १५ सदस्यीय
—२७ भदौ ०३४ मा कीर्तिनिधि विष्टको मन्त्रिपरिषद् २२ सदस्यीय । ८ मन्त्री, ५ राज्य र ९ सहायकमन्त्री
—१८ जेठ २०३६ मा सूर्यबहादुर थापाको मन्त्रिपरिषद् २८ सदस्यीय । ७ मन्त्री, ६ राज्य र १४ सहायकमन्त्री
—२ असार २०३८ मा सूर्यबहादुर थापाको मन्त्रिपरिषद् २८ सदस्यीय । १० मन्त्री, ६ राज्य र १२ सहायकमन्त्री
—२०४३ जेठमा मरिचमान सिंहको २८ सदस्यीय मन्त्रिपरिषद् । १३ मन्त्री, ६ राज्य र ९ सहायकमन्त्री
—२०४७ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकार ११ सदस्यीय
—२०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृतवमा २४ सदस्यीय मन्त्रिपरिषद् । ९ मन्त्री, ७ राज्य र ७ सहायकमन्त्री ।
—२०५१ सालमा प्रधानमन्त्री मनमोहन अधिकारीको १५ सदस्यीय मन्त्रिपरिषद् । ८ मन्त्री र ६ राज्यमन्त्री
—२०५२ सालमा शेरबहादुर देउवा नेतृत्वमा ५२ सदस्यीय मन्त्रीपरिषद् । २७ मन्त्री, १६ राज्य र ८ सहायक मन्त्री
—२१ असोज २०५४ मा प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रीपरिषद्(कांग्रेस–राप्रपाको संयुक्त सरकार) ४७ सदस्यीय । २६ मन्त्री, १५ राज्य र ८ सहायकमन्त्री
—२ वैशाख २०५५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद् ३२ सदस्यीय । २१ मन्त्री, ४ राज्य र ७ राज्यमन्त्री
—१७ जेठ २०५६ मा कृष्णप्रसाद भट्टराईको ३२ सदस्यीय मन्त्रिपरिषद् । १९ मन्त्री, ८ राज्य र ५ सहायक मन्त्री
—२०५६ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद् ३७ सदस्यीय । १७ मन्त्री, १४ राज्य र ५ सहायक मन्त्री
—११ साउन २०५८ मा प्रधानमन्त्री शेरबहादुर देउवाको ४१ सदस्यीय मन्त्रिपरिषद् । १७ मन्त्री, १६ राज्य र ७ सहायक मन्त्री
—२५ असोज २०५९ मा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद् २२ सदस्यीय
—२१ असोज २०६० मा राप्रपा नेता सूर्यबहादुर थापा नेतृत्वको १९ सदस्यीय मन्त्रीपरिषद्
—२० जेठ २०६१ मा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस–एमाले संयुक्त सरकार १८ सदस्यीय
—१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय । दुई उपाध्यक्ष र २४ मन्त्री
—१९ वैशाख २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् १८ सदस्यीय । १० मन्त्री र ७ राज्यमन्त्री
—२० भदौ २०६५ मा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २४ सदस्यीय
—२१ जेठ २०६६ मा माधवकुमार नेपाल मन्त्रिपरिषद् ४३ सदस्यीय । २६ मन्त्री, १४ राज्य र २ सहायकमन्त्री
—२३ माघ २०६७ मा झलनाथ खनाल नेतृत्वमा ३६ सदस्यीय मन्त्रिपरिषद् । २५ मन्त्री, १० राज्यमन्त्री
—१२ भदौ २०६८ मा डा. बाबुराम भट्टराई मन्त्रिपरिषद् ४९ सदस्यीय । २६ मन्त्री, २२ राज्यमन्त्री
—११ चैत २०६९ मा प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् ११ सदस्यीय
—२७ माघ २०७० मा सुशील कोइरालाको मन्त्रिपरिषद् २४ सदस्यीय । २१ मन्त्री, २ राज्यमन्त्री
—२५ असोज २०७२ मा केपी ओली नेतृत्वको मन्त्रिपरिषद्, ४० सदस्यीय । मन्त्री २७, १० राज्य र २ सहायक मन्त्री
—२० साउन २०७३ मा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् ५० सदस्यीय । ३१ मन्त्री, १८ राज्यमन्त्री