खोटाङ ९ असोज ।  केन्द्रले आगामी असोज–१७ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देशन दिएपछि नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।  जिल्ला कार्य समितिको दिक्तेलस्थित वी.पी स्मृति भवनमा दुई दिनसम्म बसेको बैठकमार्फत दुवै निर्बाचनका लागि ४३ जना आकांक्षीको नाम उम्मेदवारीका लागि  सिफारिस गरेको हो ।
जिल्ला कार्य समितिले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत, राज्यमन्त्री सर्वधन राई, सांसद सरस्वति बजिमय र डाक्टर केके राईको नाम सिफारिस गरेको जनाएको छ । यस्तै, समानुपातिकतर्फ पूर्व सभाषद् हिरा गुरुङ, नवराज केसी, योगेन्द्र राई र पदम निरौलाको नाम सिफारिस भएको छ  ।
प्रदेश सभातर्फ एक नम्बर प्रदेशका लागि प्रत्यक्षका लागि जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, युवा नेता सुवासकुमार पोखरेल, दिनेश राई, वीरकाजी राई, जितेन्द्रसिं ठकुरी र भगवती निरौलाको नाम सिफारिस गरिएको छ । यस्तै, समानुपातिकतर्फ ज्ञानेन्द्र जोशी, जनककुमार कार्की, रोजन राई, फटिककुमार श्रेष्ठ, दुरेन राई, चक्रकुमार राई, डा. राजकुमार राई , भक्तजङ्ग राई, शान्तिदेवि राई, पेशल राई, दुर्गाप्रसाद घिमिरे, गोपाल श्रेष्ठ, डिल्लीकुमारी आचार्य, मिठुदेवि रेग्मी र उमेशचन्द्र आचार्य र कुमार पुरीको नाम सिफारिस गरिएको छ  ।
दुई नम्बर प्रदेशतर्फ प्रत्यक्षमा पूर्व सभापति विष्णुकुमार राई, महाअधिवेशन प्रतिनिधि रविप्रकाश राई, महेन्द्र कटवाल र रमेश खड्काको नाम सिफारीस भएको बताईएको छ । समानुपतिकतर्फ केशवराज कार्की, तीर्थराज भट्टराई, कमला राई, जीवन राई, वसन्त राई, सुमनवावु आचार्य, रामकुमारी राई, खेमबहादुर खड्का, राम साम्पाङ राई, देवी राई, भरत पोखरेल, पे्रमकुमार कटवाल र ललिता राउतको नाम सिफारीस भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
केन्द्रले गरेको परिपत्र अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि प्रत्यक्षमा एक महिलासहित तीन र समानुपातिकतर्फ एक महिलासहित तीन जनाको नाम सिफारीस गर्न भनिए पनि आकांक्षी सबैको नाम केन्द्रमा पठाईएको अध्यक्ष नरेशकुमार श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार केन्द्रले टुंगो लगाए अनुरुप नै उम्मेदवार स्विकार गर्ने र दुवै चुनाब जित्न कांग्रेस एक जुट भई लागी पर्ने प्रतिबद्घता छ भएको छ ।  सिफारिस भएको नाम उमेरको जेष्ठता र पार्टीको वरियताअनुसार क्रमबद्घ रहेका छन् ।