खोटाङ कात्तिक–२४, खोटाङमा आगामी मंसिर–१० गते हुने निर्बाचनलाई केन्द्रीत गर्दै मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको छ । शुक्रबार सदरमुकाम दिक्तेलमा मतदाता शिक्षा प्रशिक्षण तालिमको आयोजना गरेर मतदाता शिक्षा कार्यक्रमका लागि १ सय ७९ मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।
निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउनका लागि तालिम प्राप्त स्वयंसेवक शनिबारदेखि दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वटै वडाका गाउँ–गाउँमा पुग्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्वन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सञ्चालनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लामा १ सय ३६ मतदानस्थल र १ सय ७९ मतदान केन्द्र तोकिएका छन् ।