खोटाङ, फागुन १३ । खोटाङमा गाविस सचिव सम्बन्धित कार्यालयमा बसे नबसेको विषयमा अनुगमन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको छ । गाविस सचिव सदरमुकाम केन्द्रित हुँदै आएको जनगुनासो बढ्दै गएपछि जिल्ला दैबीप्रकोप उद्धार समितिको बैठकले गाबिसमा बसे नबसेको अनुगमन गर्ने जिम्मा प्रहरीलाई सुम्पिएको हो ।
कतिपय आगलागी, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ती परेका...
खोटाङ, मंसिर–१, देबीप्रसाद रिजाल नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिले त्रिभुवन बिश्वबिद्यालयबाट अनुमोदन प्राप्त गरेको छ । स्थापना भएको ३५ वर्षपछि गत साउन–२ गते सम्पन्न क्याम्पसको पहिलो साधारणसभाबाट निर्वाचित रिजाल नेतृत्वको सञ्चालक समितिले त्रिभुवन बिश्वबिद्यालय उपकुलपतिको कार्यालयबाट दुई महिनापछि अनुमोदन प्राप्त गरेको हो ।
गत असोज–१६ गते अनुमोदनको निर्णय गरेको...
मंसिर–१, जिल्लाको पूर्वी गाविस नेर्पाले स्थानीय खोलाहरुमा करेण्ट लगाएर माछा मार्नमा रोक लगाएको छ । करेण्टले माछा तथा माछाका भुराका साथै खोलामा पाइने जलचरसमेत लोप हुँदै गएपछि रोक लगाएको हो ।
करेण्ट लगाएर माछा मार्नेक्रम दिनानुदिन बढ्दै गएपछि सर्वपक्षीय भेला बसाएर यस्तो निर्णय गरिएको गाविस सचिव नवराज खतिवडाले बताउनुभयो ।...
मंसिर । भारतीय नाकाबन्दीले इन्धन तथा निर्माण सामाग्री आयात नहुँदा जिल्लामा सञ्चालित सबै प्रकारका विकास निर्माणको काम ठप्प भएको छ । भारतले लगाएको अघोषित नाकाबन्दीका कारण डिजेल, पेट्रोल तथा निर्माण सामाग्री आयात नहुँदा जिल्लामा सञ्चालित साना तथा ठूला सबै प्रकारका विकास निर्माणको काम ठप्प भएको हो ।
जिल्लामा सञ्चालित योजनाका लागि भण्डारण गरिएका...
खोटाङ, कार्तिक २३ । अपांगता भएका व्यक्तीको सहयोगार्थ खोटाङमा सञ्चालन गरिएको सांगीतिक कन्सर्टबाट ८० हजारभन्दा बढि सहयोग रकम संकलन भएको छ । अपांगता भएका किशोरकिशोरीद्धारा सञ्चालित पुर्वेली सरगम संगीत बिद्यालयको सहयोगार्थ सदरमुकाम दिक्तेलमा सञ्चालन गरिएको सांगीतिक कन्सर्टबाट ८७ हजार ३११ रुपैयाँ सहयोग जुटेको हो ।
कन्सर्टमा दर्शक नचाउँदै र्याफ्सोडी नेपाल व्याण्डका...
खोटाङ, असोज । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले जिल्लाको शान्ति/सुरक्षा तथा विकास÷निर्माणमा सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । भर्खरै सरुवा भएर खोटाङ आउनुभएका प्रजिअ खड्काले शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
पत्रकार भेटभाट कार्यक्रममा बोल्नुहुँदै प्रजिअ खड्काले जिल्लाको हरेक गतिविधिमा पत्रकारहरुसँग सहकार्य गर्ने बताउनुभयो...
खोटाङ, असोज २६ । खोटाङ सदरमुकाम दिक्तेलमा नाटक ‘देशको मुटु दुखेको छ’ मञ्चन गरिएको छ । खोटाङकै बुईपाका श्रष्टा ओमप्रकाश घिमिरे (अटल क्रान्तीकारी)को नाटक जिबिसको समिक्षालय हलमा मञ्चन गरिएको हो ।
पछिल्लो समय सन्देशमुलक सडक नाटक तथा हाँस्याव्यंग्या प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियासिलतामा स्थापना गरिएको भ¥याङ नाट्या समुहले मंगलबार नाटक...
खोटाङ, असोज–२६, दशैं र तिहारको अवशरमा खोटाङमा सामुहिक रुपमा सद्भावको टिका लगाइएको छ । दशैं शुरु भएको दिनको अवशरमा नेकपा एमालेले मंगलबार बिहान आयोजन गरेको कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको हो ।
दशैं र तिहारको अवशरमा मंगलबार बिहान आयोजना गरेको शुभकामना आदानप्रदान ...
खोटाङ, असोज–२४, बिनासकारी भूकम्पकाबेला भाग्यबस बाँच्न सफल नेपालीको कथालाई समेटेर तयार पारिएको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ खोटाङमा प्रदर्शन गरिएको छ । पत्रकार कल्याण कोष स्थापनार्थ प्रेस चौतारी नेपाल शाखाको आयोजनामा शुक्रबार र शनिबार सदरमुकाम दिक्तेलमा ‘भाग्यले बाँचेकाहरु’ च्यारिटि–शो प्रदर्शन गरिएको हो ।
जिल्लामा क्रियासिल पत्रकारको हितमा कल्याणकारी कोष स्थापना गर्ने...
खोटाङ, असोज–२३, पर्यटकीयस्थल भुम्जुडाँडा खोटाङको पश्चिमी गाबिस च्यास्मीटार र डिकुवाको सिमानामा पर्छ । नयाँ वर्ष या चाडपर्वकाबेलामा स्थानीयको घुमफिर गर्ने थलो बनेको भुम्जुडाँडामा जन्मिएका नबिन रहपाल उदीयमान गायककारुपमा उदाउँदैछन् । घाँस, दाउरा, गोठालो खेतालो गर्नेक्रममा गुनगुनाउने नबिन नेपाली सांगीतिक क्षेत्रमा चम्किलो नक्षत्रकारुपमा चम्किने प्रयासमा छन् ।
केटाकेटीदेखि नै गीत...