25.1 C
Kathmandu
Friday, March 29, 2024

खोटाङ समाचार

khotang first online news

मंसिर–२८, यातायात बन्दका क्रममा खोटाङबाट पक्राउ परेका पुर्वमन्त्री गोपाल किराती सहित पाँच जना पहिचानवादी आन्दोलनकारी विरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । नेकपा एमालेले शुरू गरेको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई लक्षित गर्दै मध्यपहाडी लोकमार्ग बन्द गराएको अभियोगमा गत २६ गते पक्राउ परेका पुर्वमन्त्री किराती लगायतलार्ई...
खोटाङ २६ । प्रमुख तीन राजनीतिक दलले पहिचानवादी पक्षलाई संयमित हुन अनुरोध गर्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारद्धारा जारी निर्णयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हरेक राजनैतिक र विकास सम्बन्धी विषयमा राजनैतिक सहमतिको नामले परिचित यस जिल्लामा लोकतान्त्रिक मूल्य मान्यतामा रहेर गर्ने...
खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश सुवासबाबु पुरीको बिहीबारको इजलासले ४ जनालाई थुनामा पठाउन र अन्य ५ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । ३५ प्रतिवादीबाट ४ करोड ४० लाख ४१ हजार १८ रुपैयाँ...
खोटाङको दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाका २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका छन् । सहकारीको बचत अपचलन भएको बिषयमा सञ्चालक समितिका पदाधिकारी सहित नौ जनालाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले उजुरी दिन आव्हान गरेपछि २६५ बचतकर्ताले बचत फिर्ताका लागि उजुरी दिएका हुन् । आर्थिक अपचलनका...
खोटाङ, ९ मङ्सिर : इलाका प्रशासन कार्यालय खोटाङले राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका नागरिकलाई स्थानीय स्तरबाटै राष्ट्रिय परिचयपत्र दिलाउने लक्ष्यका साथ कार्यालयले खोटाङ बजारमा स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाको पुरानो सदरमुकामसमेत रहेको...
फुटबलको प्रशिक्षक उत्पादनका लागि खोटाङमा कम्युनिटी कोचिङ कोर्स सुरु गरिएको छ । फुटबल प्रशिक्षक उत्पादनका लागि खोटाङ फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा दिक्तेलमा चार दिने कम्युनिटी कोचिङ कोर्स सुरु गरेको हो । फुटबल प्रशिक्षक उत्पादनका लागि खोटाङ फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा...
खोटाङ साउन–२१, गायन तथा नृत्य प्रतिभाको खोजी गर्ने प्रतियोगिता ‘खोटाङ प्रतिभा २०८०’ को तयारी तीब्र बनाईएको छ । खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सहआयोजनामा सम्पन्न हुने प्रतियोगिताको फाईनल आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने छ । खोटाङको दशै स्थानीय तहमा गत...
खोटाङ साउन–२१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयरले नगरभित्रका टोल–टोलका किसानहरुलाई घाँसको बिरुवा बितरण गरिरहनुभएको छ । नगरपालिकाका उपमेयर बिसन राईले आफ्नो तलबबाट सुपर नेपियर घाँसको विरुवा खरिद गरी वितरण गरिरहनुभएको हो । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउँन सबै वडाका किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको...
देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाई/गोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुङ्गा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४...
खोटाङ साउन–१३,  खोटाङको साकेला गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई चार दिने महिला नेतृत्व सम्बन्धि तालिम प्रदान गरिएको छ । ‘शी लिड्स–महिला नेतृत्व’ परियोजनाको आयोजनामा स्थानीय तहको महिला जनप्रतिनिधिहरुको लागि चार दिने आवासीय तालिम आयोजना गर्एिको हो ।# तालिमले महिला जनप्रतिनिधिहरुको राजनैतिक व्यवहार र कार्यशैलीमा परिवर्तन आएको गाउँपालिका अध्यक्ष रबिप्रकास राईले बताउनुभयो...