टेनिस रोका
काठमाडौं १२ माघ । १० वर्षकाे अवधीमा खोटाङको कुल जनसंख्या साढे ३० हजारले घटेको छ । सामान्यतयाः १० वर्षको अवधीमा जनसंख्या बढेको अनुमान गर्ने गरिए पनि खोटाङ लगायत विभिन्न जिल्लाकाे जनसंख्या भने घटेर ऋणात्मक बन्न पुगेको छ ।

तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको नेपालको जनसंख्या २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या घटेको पाइएको हाे । खोटाङको २०७८ को जनगणना अनुसार कुल संख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ । तर १० वर्ष अघि गरिएको जनगणनामा खोटाङको कुल संख्या २ लाख ६ हजार ३ सय १२ रहेको थियो । जसअनुसार खोटाङको जनसंख्या १० वर्षको अवधीमा ३० हजार ६ सय ७२ ले कमी देखिएको छ ।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर ऋणात्मकमा खोटाङ दोस्रो नम्बरमा

नेपालको जनसंख्या २०७८ अनुसार खोटाङ सबैभन्दा बढी जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लामा दोस्रोमा परेको छ । तथ्यांक विभागको प्रारम्भिक तथ्यांक अनुसार खोटाङको कुल जनसंख्या अहिलेको र १० वर्ष अघिको तुलना गर्दा ३० हजार ६ सय ७२ ले घटेसँगै ऋणात्मक देखिएको हो । तथ्यांक विभागले माइनस १ दशमलब ५६ प्रतिशतले ऋणात्मक देखिएको जनाएको छ । यो ऋणात्मक दोस्रो नम्बरमा रहेको छ ।

पहिलो नम्बरमा भने रामेछाप देखिएको छ । रामेछापको जनसंख्या माइनस १ दशमलब ६५ प्रतिशतले ऋणात्मक छ । ५ जार ६ सय ४५ जनसंख्या रहेको मनाङको जनसंख्या पनि माइनस १ दशमल ३२ ले ऋणात्मक बनेको छ । १० वर्ष मनाङको जनसंख्या ६ हजार ५ सय ३८ रहेको थियो । चौथो नम्बरमा ऋणात्मक हुनेमा भोजपुर त्यसपछि क्रमश ऋणात्मक हुने जिल्लाहरुमा तेह्रथुम,गुल्मी, स्यांजा, अछाम, अर्खाखाँची, पर्वत, पाँचथर, सिन्धुपाल्चोक लगायत रहेका छन् । हिमाली तथा पहाडी क्षेत्रमा ऋणात्मक अर्थात घट्दो देखिन्छ भने तराईका क्षेत्रहरुमा धनात्मक अर्थात बढ्दो देखिएको छ ।

सबैभन्दा धनात्मक अर्थात वृद्धि देखिएका जिल्लाहरुमा भने क्रमशः भक्तपुर, रुपन्देही, चितवन, बाँकै, सुनसरी लगायत छन् ।

किन घट्यो जनसंख्या

विज्ञहरुले हाम्राेखाेटाङसँग खोटाङ लगायत पहाडी जिल्लाहरुमा जनसंख्या घट्नुमा बसाईसराई, रोजगारीको अभाव, स्वास्थ्य, शिक्षाको अभाव आदी कारण देखाएका छन् । विकटताका कारण त्यस्ता जिल्लाहरुबाट मानिसहरु बसाई सरी सुगम जिल्लाहरुमा बसाईसराई गर्दा जनसंख्या घट्न पुगेको विज्ञहरुको तर्क छ । त्यसो त रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका कारण मानिसहरुले पहाडी जिल्ला छाड्ने क्रम बढ्दा उक्त जिल्लाहरुमा जनसंख्या ऋणात्मक हुन पुगेको जनाइएको छ । रोजगारीको सिलसिलमा ठूलो संख्या विदेशमा रहनु पनि जसंख्या ऋणात्मक हुनुमा थप बल पुगेको जनाइन्छ ।

याे पनि पढ्नुहाेस्- खोटाङमा पुरुष भन्दा महिला २२ सय ९८ जना बढी