काठमाडौं १२ माघ । खोटाङमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार खोटाङमा पुरुष भन्दा महिलाको संख्या २२ सय ९८ बढी रहेको हो ।

खोटाङमा पुरुषको संख्या ८६ हजार ५ सय २१ रहेको छ महिलाको संख्या भने ८८ हजार ८ सय १९ रहेको छ । यो लैंगिक अनुपातमा ९७ दशमलब ४१ प्रतिशत रहेको छ ।

प्रारम्भिक तथ्यांक अनुसार खोटाङमा ४० हजार ३ सय ९२ घर संख्या रहेको छ भने ४२ हजार १ सय ४ परिवार संख्या रहेको छ । २०७८ को जनसंख्या अनुसार कुल जिल्लाको जनसंख्या १ लाख ७५ हजार ३ सय ४० रहेको छ ।

परिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसाई गर्ने खोटाङेको जनसंख्या ११ हजार १ सय ४ रहेको तथ्यांकमा उल्लेख छ । जसमा ९ हजार ९ सय ४१ पुरुष र १ हजार १ सय ६३ महिलाको संख्या रहेको छ ।

याे पनि पढ्नुहाेस्- दश वर्षमा साढे ३० हजार घट्यो खोटाङको जनसंख्या