खोटाङ । खोटाङका पहिलो कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा डिस्चार्ज भएका हुन् ।

काठमाडौंबाट खोटाङ पुगेका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण भएको पुष्टि भएपछि गत जेठ ७ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना भएका उनी डिस्चार्ज भएका हुन् । उनी १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी डिस्चार्ज भएका हुन् ।

उनी बैसाख १२ गते काठमाडौंबाट घर आएका थिए । डिस्चार्ज पाएका राईलाई ल्याउनका लागि नगरपालिकाले सवारी साधन पठाएको जनाएको छ ।

यसैबीच, हलेसी नगरपालिकामा नै कोरोना पुष्टि भएका अन्य तीन जनालाई भने उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here