काठमाडौं ३० वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप २६ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जना रहेका छन् ।

पर्साका संक्रमितहरुमा २२, २८, २८, ३२, ४५, ६० वर्षका महिलाहरु र १६ , २२, २४, २५, २५, २८, २८, ३२, ५९, ६१, ६१ वर्षका पुरुषहरु रहेका छन् । त्यसैगरी महोत्तरीका १६ र ३५ वर्षीय पुरुष, धुनषाका २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । साथै भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ निवासी ३३ वर्षीया महिला र सर्लाही निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । त्यसमध्ये तीन जनामा पुनः कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरेर उपचार जारी राखिएको छ ।