

काठमाडौं ५ असोज
दोब्बर बढी मत प्राप्त गरेर प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो मेयरको रूपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह ‘कविता’ विजयी बनेकी छिन् ।
साह नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् । उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीको उम्मेदवारलाई फराकिलो मतले पछि पार्दै साह विजयी भइन् ।
साहले ३९३३ मत प्राप्त गरि मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी राजपाका रविन्द्र पटेलले २१०० मात्र मत प्राप्त गरे ।
त्यसैगरी उपमेयरमा समेत माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले १६५० मत प्रापत गरि विजय प्रापत गरे । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका उम्मेदवारले १६५० मत मात्र प्राप्त गरे ।