खोटाङ बैशाख–२५,  देशैभर जस्तै माझकिरात खोटाङमा पनि उभौलीको शुरुवात खल्लो वनेको छ । उभौलीको शुरुवात अर्थात बैशाखे पूर्णीमाको दिन भूमि/भुमे/साकेलाको पूजा गरी ढोल झ्याम्टाका तालमा रमाउ“दै धुमधामका साथ शिली नाच्ने गरिन्थ्यो । किराती मौलिक भेषभूषामा ठा“टिएर बुढापाका, युवायुवती वालबच्चा गोलो घेरामा गीतस“ग रमाउ“दै शिली नाच्ने प्रचलन छ । तर यो पटक विश्वभर फैलिएको कोरोना प्रकोपका कहरले ती रहरलाई अधुरै तुल्याईदिएका छन् ।

यो वर्ष कोरोनाका कारण सिमित मानिस भेला भई पूजाआजा गरी विधि मात्र पूरा गर्ने स्वस्फूर्त सहमति गरिएको छ । किराती समुदायले बैशाखे पूर्णीमामा उभौली र मङसिरे पूर्णीमामा उधौली चाडको अवसरमा साकेला सिली ना“च्ने गर्छन् । जलचर तथा थलचर जीवजन्तु लेकतिर लाग्ने समय अर्थात गर्मी याम हुने भएकाले उभौली र उधो बेंशीतिर झर्ने अर्थात जाडो याम शुरु हुने भएकाले उधौली भनिएको किरात राई अग्रजहरु वताउ“छन् ।

उभौली अर्थात अन्नवाली लगाउने समयमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप नलागोस्, रोगब्याधी नलागोस्, सुब्यफाव्य होस् भन्ने लगायतका कामना गर्दै प्रकृतिको पूजा गर्ने संस्कृति छ । त्यस्तै उधौली अर्थात अन्नवाली भित्र्याउने समयमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।

यो वर्ष भने २० देखि २५ जनाका समूहमा मात्र साकेला सिली ना“च्ने निर्णयपछि आ–आफ्नो टोलमा मात्र उभौली पर्वको अवसरमा साकेला ना“चिने किरात राई यायोक्खाको जिल्ला सचिव युग्सन किरात सुनाउनुहुन्छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले आयोजना गरेको बैठकले साकेला तथा देवाली लगायतका कुलपूजा गर्दा २० देखि २५ जनाका समूहभन्दा बढी भेला नहुने सहमतीपछि कम जमघटमा साकेला सिली ना“चिने किरातको भनाई छ ।
उभौलीको पहिलो दिन मझुवागढीमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राई लगायत २०–२५ जना समूहका किराती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा गरेका छन् ।

साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको जिल्ला समन्वय समितिका प्रमुख एबम् कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताउनुभयो ।

यस चाडलाई नरनाता, ईष्टमित्र, चेलीमाईती भेटघाट गरी रमाईलो गर्ने अवसरको रुपमा समेत लिईन्छ ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here