दिक्तेलको सडक कालोपत्रे हुने, अर्थमन्त्रालयबाट ५ करोड बजेट

काठमाडौं । जिल्लाको सदरमुकाम दिक्तलेको सडक कालोपत्रे हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ दिक्तेल बजार पिच हुने भएको हो ।
सांसद विशाल भट्टराईले अर्थ मन्त्रालयले यस बर्षका लागि पाँच करोड बजेट उपलब्ध गराएको जानकारी दिए । जम्मा पन्ध्र करोडको लागत रहेको बजार ढलानलाइ अर्को वर्ष दस करोड थप हुनेछ । दिक्तेल बजार ढलान गर्न १४ करोड ७० लाखको डिपिआर तयार भएको थियो ।
बजेट जुटाउन सांसद भट्टराई, मेयर दिप नारायण रिजाल उपमेयर बिनादेवी राई लगायतले निरन्तर अर्थ मन्त्रालयमा गएर दबाब दिएका थिए । निरन्तरको प्रयासपछि यस वर्ष ५ करोड छुट्याउन अर्थ मन्त्रालय बाध्य भएको हो । खोटांगका सांसद भट्टराईले अर्थमन्त्री युवराज खतिवडा लगायत सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै अझै दुई महत्वपूर्ण काम बाँकी रहेको बताएका छन् । ‘यति भएपछि पनि हामीले गर्नुपर्ने दुइटा दायित्व जीवित छन । एक- समयमै काम सम्पन्न गराउने, दुइ- गुणस्तरीय काम गराउने। यी काममा वजारवासीको महत्वपुर्ण भुमिकाको अपेक्षा छु ।’ उनले भनेका छन् ।