खोटाङ माघ–४, सानै उमेरदेखि गायनमा स्वर वसाएकी खोटाङकी गायिका अर्जुना राई पूर्वेली दोहोरी गीति भिडियो लिएर सांगीतिक वजारमा उत्रिएकी छिन् । आफुलाई गायनमा स्थापित गर्ने दृढ संकल्प गरेकी अर्जुनाले अन्ततः आफ्नै स्वर मिसिएको ‘सम्झनामा आईरन्छौ’ वोलको गीति भिडियो श्रोता दर्शकवीच लिएर उभिएकी छिन् ।

‘सम्झनामा आईरन्छौ सपनीमा तिमी…’ गायक शुभम राईको गीति प्रस्तावमा अर्जुनाले ‘सम्झनामा नआउ है सपनीमा पनि..’ भावको जवाफ फर्काएकी छिन् । ईन्द्र जिजिविषाले वुनेको शव्द पढ्दा र सुन्दा विरही भावको लागे पनि संगीत र तालले भने फरक रुप दिएको पाईन्छ । गीत लोक लयमा भए पनि डान्सिङ्ग बिटमा तयार भएकोले धेरैलाई नचाउन सक्ने वताईएको छ ।

गीतसंगीतमै समर्पित गायिका राईले निर्माण गरेको म्युजिक भिडियो खिचडी नेपालको प्रस्तुतीमा हाम्रो प्रतिभा प्रोडक्सनले बजारमा ल्याएको हो । हालै सार्वजानिक भएको पूर्वेली गीति भिडियोमा गाउँ घरमा घाँस–दाउरा गर्दा लगाईने माया पिरतीको बर्णन गरिएको छ ।

उक्त गीतलाई संगीतकार तथा गायक सुमन राईले लय संकलन र कम्पोज गरेका छन् । राजु कार्कीको एरेन्ज र गोविन्द सोनीको मिक्सिङ्ग रहेको गीतको भिडियोमा सोनिया राई र स्वयम् गायक शुभम राईले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन बिनोद बिनिर्जरा राईले गरेका हुन् ।
निर्माता गायिका अर्जुना राईले जिल्लामा हुने विभिन्न गायन प्रतियोगितहरुदेखि नै गायनमा आफुलाई अव्वल सावित गर्दै आएकी छिन् । संगीतमै जीवन खोज्दा–खोज्दै जिन्दगीले हङकङको यात्रातर्फ डो¥याए पनि फरक्क फर्किएकी अर्जुनाले गायनलाई नै अंगालो हालिन् । अर्जुनाको यस गीत तथा भिडियोले उनको गायकीको उचाईलाई थप वढाउने अपेक्षा श्रोता, दर्शकले लिएका छन् ।