
खोटाङ कात्तिक–३०, आगामी निर्बाचनका लागि खोटाङका १९ जना उम्मेदवारमध्ये दलित समुदायका एक जना मात्र उम्मेदवार रहेका छन् । मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभाका लागि जिल्लाबाट प्रत्यक्षतर्फ एकै जनाले पनि उम्मेदवारी नपाएका दलित समुदायमध्येबाट पुष्प शंकर बिश्वकर्माले नेकपा माअेवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवारका टिकट पाएका हुन् ।
जिल्लामा दलित समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरिएको गुनासाहरु उठिरहेको समयमा ३१ बर्ष अघि बिद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय पुष्प शंकर एक नम्बर प्रदेश सभाको सदस्यमा समानुपातिक उम्मेदवार बनेका हुन् । “सबै खाले बिभेद र अन्तरबिरोध अन्त्य गर्दै पीडितलाई न्याय र समानता ! विशेष अधिकार, असल संस्कार र सुन्दर समाज मेरो प्रतिबद्घता !!” भन्ने चुनावी नारा लिएका बिश्वकर्मा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन् ।
२०६८ सालको जनगणना अनुशार नै २२ हजार दलित रहेको जिल्लामा अझै पनि दलितले जिते या ठुलो पदमा पुगे नमस्कार गर्नु पर्छ अर्थात ठूला मान्छे मान्नु पर्छ भन्ने मानसिकताले पार्टीले टिकट नदिने गरेको दलित प्रतिनिधिहरुले गुनासो गर्दै आएका छन् । यसैबीच, राजनीतिक योगदानसँगै समाजसेवा र जिल्लाको बिकास तथा समृद्घिका लागि आफुले गरेको त्यागलाई पार्टीले कदर गर्दै उम्मेदवारको टिकट दिएको पुष्पशंकरको भनाई छ । पुष्प शंकर बिश्वकर्माले दलित जागरण, सशक्तीकरण तथा अधिकारका लागि आफु निरन्तर लड्दै आएको उल्लेख गरेका छन् ।
अन्याय–अत्याचार, जातीय छुवाछुत तथा सबै प्रकारका बिभेदको बिरुद्दमा निस्वार्थ ढंगबाट ईमान्दारिताका साथ निरन्तर काम गरेकाले पनि आफुलाई जनताले बीजयी गराउनेमा बिश्वस्त भएको शंकर बताउँछन् ।
शंकरका केही उल्लेख्य कार्यहरु :
–
१, २०३६ सालको झापा आन्दोलनमा बिद्यार्थीको तर्फबाट नेतृत्व गर्दै सक्रिय भूमिका
२, खोटाङ जिल्लामा संगठित रुपमा दलित मूक्ति आन्दोलनको प्रारम्भ तथा अग्रणी भूमिका
३, २०४६ सालको प्रथम जनआन्दोलनमा बिद्यार्थीको नेतृत्व गर्दे सक्रिय सहभागिता
४, जातीय छुवाछुत र विभेदसम्बन्धी अनेकौं घटनाहरुका बिरुद्घ सशक्त संघर्ष
५, २०४७ सालमा भएको कर्मचारी आन्दोलनमा सक्रिय सहभागिता
६, २०५३ सालमा दिक्तेलकाृ मझुवागढीमा अवस्थित कालिका भगवती मन्दिरमा गरिनृ दलित विभेद अन्त्यका लागि कडा संघर्ष
७, दलित समुदायको चेतना अभिबृद्घिका लागि विभिन्न सभा, गोष्टी, अन्र्तक्रिया र प्रशिक्षण सञ्चभालनमा अग्रणी भूमिका
८, २०५४ सालको स्थानीय निर्वाचन पश्चात मनोनित जिल्ला पार्षदको रुपमा सक्रिय रुपमा काम गरेको
९, ब्यापार–उद्योग व्यवसायीहरुको विकास, प्रबर्धन र आविस्कारका लागि करिब १० बर्ष पदमा रही सक्रिय योगदान
१०, सहकारी आन्दोलनलाई विकास र प्रबद्र्दन गर्ने विगत १५ बर्षदेखि विभिन्न सहकारीमा प्रत्यक्ष तथा सक्रिय सहभागिता
११, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा खोटाङमा संस्थापक सदस्य, सचिब, उप सभापति र सभापति भई नेत्र रोगीहरुको निरन्तर सेवा गर्दै आएको
१२, सुनचाँदी व्यवसायी संघको स्थापना तथा अध्यक्ष भई निरन्तर काम गर्दै आएको
१३, रुपाकोट सामुदायिक रेडियो सञ्चालक समितिको संस्थापक सदस्य देखि हालसम्म १३ बर्ष निरन्तर जनताको सूचना र सञ्चारको हक दिलाउन सक्रिय