सन्तोषकुमार राई/खोटाङ
कार्तिक–३०,   बैदेशिक रोजगारीलाई सुरक्षित ,मर्यादित र उपलब्धिमुलक बनाउन खोटाङको लामिडाडाँ गाउँपालिकामा सामाजिक नक्सा तथा तथ्याङ्क संकलन कार्य सुरु गरिएको छ । बैदेशिक रोजगारमा गएका र जान तयार भईसकेका ब्यक्ति तथा परिवारलाई सुरक्षित बनाउने उदेश्यले उक्त पालिकाको दुई नम्बर वडा खार्पाबाट उक्त कार्यक्रममा शुरु गरिएको हो । 
 लामिडाडाँ गाउँपलिकाको उपध्यक्ष समला राई र कार्यपालिका सदस्य रिजन भुजेलको समेत सहभागितामा शुरु गरिएको कार्यक्रम गाउँपालिकाको ६ वटै वडाहरुको बस्ती–बस्तीसम्म पु¥याईने छ । बैदेशिक रोजगार सम्बन्धि सामाजिक नक्सा बनाई बैदेशिक रोजगारमा गएकाहरुको तथ्याङ्क संकलन गरिने र बैदेशिक रोजगारलाई सुरक्षित बनाउँदै लैजाने कार्यक्रमको उदेश्य रहेको छ । उक्त कार्यक्रमबाट आवधिक रुपमा स्वरोजगार सिर्जना गरी युवाहरुलाई स्वदेशमै रोक्ने उदेश्यले कार्यक्रम शुरु गरिएको उपाध्यक्ष समला राईको भनाई छ । 
सामाजिक नक्सामा बैदेशिक रोजगारमा गएको घरपरिवारमध्ये काजगपत्र छोडेर गएको , सिप सिकेर गएकोलाई छुटै संकेत दिईन्छ भने कागजपत्र नछोडेको र कारार अवधि भन्दा बढी लगातार बसेको ,कम्पनि वा भागेर काम गर्नेको घरमा खतरा तथा असुरक्षितको संकेत दिईन्छ । सहभागिहरुले बिदेशमा भएको आफन्त सुरक्षित वा असुरक्षित छ भनि महसुस गरी सुरक्षित बनाउनका लागि पहल शुरु गर्ने कार्यक्रमका रिटर्नी स्वयमसेवकले जनाएका छन् । 
उक्त सामाजिक नक्सा निमार्णपछि खार्पाका स्थानीयले स्वस्फुर्त रुपमा खतरामा देखिएका बैदेशिक रोजगारीमा भएका आफन्तबाट कागजपत्रको प्रतिलिपि झिकाउने जनाएका छन् । सामाजिक नक्सामा बिदेश गएकाको घरसँगै जान लागेकाको घर लगायत कुनै समस्यामा परेको घर समेत थाहा हुने भएकोले बैदेशिका रोजगार सम्बन्धी सूचान प्रवाह गर्न सजिलो हुनका साथै समस्यामा परेकालाई सहयोग गर्न समेत छिटो हुने जनाईएको छ । सुरक्षित बैदेशिक रोजगारीको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामीको सहयोग तथा सहजिकरणमा सामाजिक नक्सा निमार्ण तथा तथ्याङ्क संकलन शुरु गरिएको हो । 
यस्तै, हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिकाका वडाहरुमा पनि बैदेशिक रोजगारीमा गएकाहरुको तथ्याङ्क संकलन तथा सामाजिक नक्सा निर्माण गर्ने काम सुरु भएको छ ।
तथ्याङक संकलन तथा नक्सा निर्माणसँगै बैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने प्रकृया ,सिप तालिमको महत्व, कागजपत्रहरुको महत्वको लगायत, सामी परियोजनाले दिने निशुल्क सेवा सुबिधाका बारेमा समेत जानकारी गराईने स्वयमसेवकहरुले बताएका छन् । जहाँ बिदेश जाने निर्णय गरेकालाई र बिदेशमा हुनेहरुलाई सुरक्षित बनाउन राहदानी ,भिषा , सम्झौतापत्र, श्रमस्वीकृती, पुनःश्रम स्विकृति, मेडिकलको प्रमाणपत्र आदि कागजातको महत्व बुझाउादै घरपरिवार तथा आफन्तलाई प्रतिलिपि छाड्नुपर्ने बताईन्छ । यस्तै, अभिमुखिकरणको प्रमाण पत्र, पैसा तिरेको बिल वा भरपाई,काल्यणकारी कोषमा पैसा जम्मा गरेको रसिद आदिको प्रतिलिपि समेत घरपरिवार वा आफन्तलाई छाड्नुपर्ने जानकारी गराईने छ । (राई सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रका सामाजिक परिचालक हुन् ।)