बेदना / खोटाङ
मंसिर–२, ‘चुनाव आईरहेको छ , कामको चापाचाप छ, त्यही पनि तुवाचुङ त आउनै प¥यो नि !’ नेपाल टेलिभिजनका समाचार सम्पादक रहेका ओखलढुंगाका गजुरधन राईले उ जमानादेखि सुन्दै आउको तुवाचु
ङ(तयामा–खियामा/दिदीबहिनी डाँडा/मलाथुम्की) उत्कट चाहाना भएको बताए । राई मात्र होइन राजधानीका प्रमुख मानिने सञ्चार माध्यममा कार्यरत पत्रकारहरु किराती सभ्यताको उद्गम थलोको रुपमा लिईने खोटाङको ऐतिहासिक पर्यटकीय स्थल तुवाचुङमा आईपुग्ने जनाएका छन् ।
किरात राई भाषाभाषि तथा आदिवासी जनजाति बिशेष सञ्चारमाध्यम बिशेष पत्रकारहरु त सम्भव भए सम्म कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने तयारीका साथ आउने जनाएका छन् । आज शनिबार हुन गईरहेका बृहत ऐतिहासिक कार्यक्रमका लागि बाटो आदिम किरात पुर्खाहरु “तयामा, खियामा र रैछाकुले” का प्रतिमा अनावरण सँगै बृहत सांगीतिक कार्यक्रममा पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई सहितका पदाधिकारी तथा अन्य पत्रकारहरुको ठूलो टोली समेत तुवाचुङ जाँदैछन् । जिल्लाका सञ्चारमाध्यमहरुले यस कार्यक्रमलाई ऐतिहासिक रुपमा लिँदै प्राथमिकतामा राखेको पाईएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल तुवाचुङमा प्रतिमा अनावरण सँगै बृहत सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा सहभागिता जनाउन देशबिदेशबाट किरात संस्कृतिप्रेमीहरु आईसकेका छन त कति बाटोमा रहेका छन् ।
किरात राई यायोक्खा केन्द्रीय कार्य समितिको आयोजना तथा किराया तयामा, खियामा, रैछाकुले प्रतिमा स्थापना समितिको ब्यवस्थापनमा हुन लागेको प्रतिमा अनावरण बिशेष कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जीतेन राईसँगै चर्चित गायक–गायिकाहरुको उपस्थिती तथा सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । बिश्वको इतिहासमै पहिलो पटक निर्माण भएको प्रतिमा अनावरण कार्यक्रममा गायिकाद्वय सरला राई, पार्बती राई, गायक तथा संगीतकार राई नबिन, राजु एन राई, गायिकाहरु मेनुका राई , जानुका राई , गायक तथा संगीतकार पदम थुलुङ राई, रोशन बान्तावा, रामकर राई , सुरज मेवाहाङ राई, इशक राई आदिको बेजोड प्रस्तुति रहने छन् । साथमा तयामा, खियामा, रैछाकुले सम्बन्धी बिशेष साकेला शिलीको समेत प्रदर्शन हुने बताईएको छ ।
प्रतिमा निर्माण तथा अनावरणका लागि देश बिदेशमा रहेका दाताहरुबाट स्वस्फुर्त रुपमा रकम संकलन भएको ब्यवस्थापन समितिका सह–संयोजक तथा आर्थिक संकलन समितिका संयोजक तेजप्रकाश राई(अधिराज)ले जनाए । गेन राईको संयोजकत्वमा गठित ब्यवस्थापन समितिले देश बिदेशमा रहेका संघसंस्था तथा दाताहरुबाट करिब ६० लाख रुपैंयाँ रकम संकलन गरी प्रतिमा स्थापना तथा अनावरण गर्ने अन्तिम तयारीमा जुटेको हो । दुई बर्ष अघिदेखि थालिएको प्रतिमा स्थापना अभियानलाई सफल बनाउन जिल्ला, देश तथा देश बाहिर रहेका किरात, गैर किरात सम्बन्धित संघसंस्था, समाजसेवी लगायतका ब्यक्ति ब्यक्तित्वको उत्तिकै हात रहेको ब्यवस्थापन पक्षले जनाएको छ ।
स्वर्गीय अर्जुन खालिङको स्केचमा धनु याख्खाले तयामा–खियामा र रोजन राईले रैछाकुलेको प्रतिमा निर्माण गरेका हुन् । अनावरण तथा संगीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजक तथा ब्यवस्थापकले बताएका छन् ।
अभियान सबैको, श्रेय सबैलाई
‘तयामा, खियामा र रैछाकुले’, ‘जायजुम–तुवाचुङ’ लगायतका किराती मौलिक तथा ऐतिहासिक शब्द वा नामहरुलाई स्थापित गर्न बिभिन्न बिधाबाट अभियानमा लाग्नेहरुले यस कार्यलाई एउटा बिशेष सफलतको रुपमा लिएको छ । अत ः यस कार्य र कार्यक्रमलाई किरातीहरुले महोत्सवको रुपमा लिएको पाईएको छ । यी नाम र नामसँग सम्बन्धित मिथकहरुलाई चर्चामा ल्याई स्थापित गर्न किरात राईहरुको छाता संस्था किरात राई यायोक्खा र सो सम्बद्घ भाषिक तथा देशबिदेशमा रहेका भातृ संस्थाहरु त लागेका छन् नै । ती बाहेक गीतसंगीत, कला–साहित्य, चलचित्र लगायतका क्षेत्रमा लाग्ने किरात राई साँस्कृतिक अभियन्ताहरुको पनि मुख्य भूमिका पाईन्छ ।
समाजसेवी तथा दाताहरुको सहयोग, संरक्षण समितिको पहल, स्थनीयले बनाएको सहज वाताबरण लगायत सबै पक्षलाई यसको श्रेय जाने किरात राई साँस्कृतिक अभियन्ताहरु बताउँछन् ।
‘धेरै बर्ष अघिदेखि तयामा, खियामा, खक्चिलपको गीत गाउँदै आईयो, आज आएर प्रतिमा नै स्थापना भयो । अति हर्षित छु ।’–वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले भने । उसो त किरातजन्य सामाग्रीहरुको ब्यवसाय गर्नेहरुको भूमिका पनि उत्तिकै छन् ।
किरात समुदायको मिथकिय चलचित्र ‘बिनायो’ यसै तयामा, खियामा तथा भेग बिशेष नामले चिनिने भाई खक्चिलिपुकै कथामा आधारित छ । यी नामसँग गाँसिएका बिभिन्न गीति भिडियोहरु निर्माण भएका छन् ।
यी नाम बिशेष लेख लेख्ने लेखक, पत्रकार, कलाकार, मिथकबारे जानकारी दिने किराती पुर्खा, चासो दिने युवा सबै–सबैलाई ऐतिहासिक कार्य सफल हुनुको श्रेय जाने आयोजक तथा ब्यवस्थापक पक्ष जनाउँछन् ।