खोटाङ ७ मंसिर
 हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र स्व. प्रकाश दाहालको नाम खोटाङसँग पनि जोडिएको छ ।

गत असारमा स्थानीय तहको निर्वाचनमा प्रकाश बुवासँग खोटाङ आएका थिए । खोटाङ आउँदा उनले प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाको फोटो खिचिदिएका थिए ।

मनहरि तिमल्सिनाले सोही फोटो आफ्नो प्रोफाइलमा राख्दै खोटाङमा प्रकाशले खिचिदिएको तस्बीर भनेर खोटाङ र प्रकाश सम्झेका छन् । उनले लेखेका छन्, ‘खोटाङको दिक्तेल बजारमा प्रकाश दाईले खिचिदिनुभएको फोटो । अब फेरि यस्तो दिन कहिल्यै आउने छैन ।’

प्रकाश प्रचण्ड प्रधानमन्त्री बनेको बेला पनि खोटाङ आएका थिए । सो क्रममा प्रचण्डले मध्यपहाडी राजमार्ग, जयरामघाटको पुल तथा अन्य विकास निर्माण कार्य तिब्र गतिमा सम्पन्न गर्न निर्देशद दिएका थिए भने काठमाडौं पुग्ने बित्तिकै सम्बन्धित मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री कार्यालयमा नै बोलएर जयरामघाट पुल निर्माण ढिलाईबारे आपत्ति जनाउँदै चाँडो सकाउन निर्देशन दिएका थिए । उक्त पुलको निर्माण अहिले सम्पन्न भएको छ भने औपचारिक उदघाटन हुन मात्र बाँकी छ ।

दिक्तेलमा गत असारमा आयोजना गरिएको कार्यक्रममा प्रकाश दाहाल, बुवा प्रचण्ड तथा अन्य नेताहरुसहित ।