
खोटाङ ७ मंसिर । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले पदीय लोलुपताले बाम गठबन्धनबाट बाहिरिएको भन्दै देश भरीका सयौं नेता कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।
नयाँ शक्तिका नेता कार्यकर्ताले कात्तिक २८ गते नै पार्टीबाट विद्रोह गरेर प्रवेश गरेकोमा बिहीबार दिक्तेलमा पत्रकार भेटको आयोजना गरेर वाम गबन्धनमा प्रवेश गरेको औपचारिक जानकारी दिए ।
पार्टी प्रवेशको औपचारिक जानकारी दिन आयोजित पत्रकार भेटमा उनीहरुले नयाँ शक्तिमा रहेका नेता कार्यकर्तालाई देशको परिवर्तनका लागि लाग्नु राम्रो भएपनि नयाँ शक्तिले त्यसअुनसार काम नगरेको भन्दै वाम गठबन्धनले देशको विकास र समृद्धिको खाकासहित अघि बढेकाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह समेत गरे । साथीहरु तपाईहरु अब भएको समय खेर नफाल्नु होस्, वाम गठबन्धनका उम्मेदवारालई भोट हाल्नुहोस् र समृद्ध नेपाल र विकासित नेपाल बनाउने लक्ष्यमा सहयोग गर्नुहास्, पत्रकार भेटमा नयाँ शक्तिका जिल्ला इन्चार्ज समेत रहेका तेज प्रसाद ढुंगानाले भने ।
वाम गठबन्धनमा प्रवेश गर्ने क्रममा उनीहरुले लामो समय बामपन्थि आन्दोलनमा लगानी गरेका डा बाबुराम भट्टराईले सिँगो नेपाली कम्युनिष्ट आन्दोलनलाई धोका दिएको भन्दै उनीहरुले पार्टी छाडेर बाम गठबन्धनका नेकपा एमालेमा सहभागि भएको घोषणा गरे ।
कात्तिक २८ गते भएको लोकन्थलीको भेलाको निर्णय कार्यन्वयन गर्न खोटाङ आई पुगेका नया शक्ति नेपालका खोटाङ जिल्लाका उत्प्रेरजक तथा केन्द्रिय कार्यकारी समिति सदस्य ढुगानाले आफुलाई भट्टराईले फसाएको बताए ।
उनले आफुसँगै ७ जना खोटाङ जिल्लाका अगुवा कार्यकर्ताहरु खोटाङ जल्लामा एमालेमा समाहित भईसकेकाको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । तेज प्रसाद ढुंगाना सँगै राविन तामाङ, कुमार श्रेष्ठ, राज दाहाल, तिर्थ तामाङ, केदार आचार्य, विजय ढुंगाना नेकपा एमालेमा पार्टी प्रवेश गर्दै गठबन्धनमा समाहित भएका हुन् ।