खोटाङ ८ मंसिर
नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक उम्मेदवार रहेका पुष्पर शंकर विकले कांग्रेसले नेता कार्यकर्ता पोस्नु भन्दा अन्य विकासका कुनै काम नगरेको बताएका छन् ।
वाम गठबन्धनले बिहीबार नेर्पामा आयोजना गरेको सभामा बोल्दै उनले प्रदेशसभा निर्वाचन क्षेत्र २ मा रामकुमार राईसँग विष्णु राईको तुलना गर्नै नमिल्ने भन्दै रामकुमार राई विकासप्रेमी र समृद्धिको पक्षमा लागिरहेको व्यक्ति भएकाले जित सुनिश्चित हुने बताए ।
उनले कांग्रेसले दलित, महिला अल्पसंख्यकका केही पनि नगरेको समेत बताए । 
उनले आफ्नो उम्मेदवारी एक जना दलित समुदायको व्यक्तिको मात्र नभएको भन्दै सिंगो दलितको भएको र आफ्नो नाम समानुपातिकमा समावेश गरेकोमा सिंगो दलित समुदायमा खुसी छाएको पनि बताए ।