खोटाङ मंसिर–१२, खोटाङका सबै मतदान केन्द्रबाट रातारात मतपेटिका सदरमुकाम दिक्तेल ल्याईएको छ । जिल्लाका १ सय ३६ मतदानस्थलका १ सय ७९ मतदान केन्द्रका सबै ५ सय ३७ वटै मतपेटिका मूख्य निर्वाचन अधिकृतको कार्यालयमा रातारात ल्याईएकोे हो ।
सबै मतपेटिका सुरक्षा प्रवन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । दुरीका हिसावले टाढा र बिकट गाउँपालिका जन्तेढुंगा, खोटेहाङ, बराहपोखरी, केपीलास र दिप्रुङ गाउँपालिकाको मतपेटिका सोमबार राती ३ बजे दिक्तेल आइपुगेको हो । मतपेटिका बुझ्ने र बुझाउन ेक्रममा आईतबार र सोमबार राती कर्मचारी र सुरक्षाकर्मी अनिदो परेका छन्
दश पालिकामध्ये रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको मतपेटिका आईतबार राती तथा लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो मूख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको थियो ।