उदयपुर, मंसिर १३

विद्युतीय धरापमा परी गम्भिर घाइते भएका उदयपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेद्वार नारायण कार्कीलाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि हेलीकप्टरबाट राजधानी लाने तयारी भइरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताएका छन् । बुधबार विहान उम्मेद्वार कार्कीलाई लक्षित गरी उदयपुरको नेपालटारमा विद्युतिय बम विस्फोट गराइएको थियो । 
विद्युतीय धरापमा परी उम्मेदवार कार्की सहित चार जना गम्भिर घाइते भएका छन । प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का कार्की,  काँग्रेसका कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भिर घाइते भएका छन । प्रजिअ श्रेष्ठले भने, ‘चारै जना गम्भिर घाइते भएकाले काठमाण्डौबाट उद्धारको लागि हेलिकप्टर मगाइएको छ ।’
घटना पछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी प्रजिअ श्रेष्ठले जानकारी दिए । स्थानीय बासीका अनुसार गाडी पुर्ण रुपमा क्षति भएको छ । बा १५ च ७८०६ बलेरो कटारीबाट नेपालटार जादै गरेको गाडीमा ९ जना सवार रहेका  थिए ।(अर्थमाण्डु डट कमबाट)