खोटाङ मंसिर–१६, दुई घण्टाको बाटो धाएर पानीको लाईनमा बस्नुपर्ने खोटाङको खोटेहाङ गाउँपालिकाबासीलाई लक्षित गरी शुरु गरिएको खानेपानी आयोजनाको काम ७० प्रतिशत सम्पन्न भएको छ । उक्त गाउँपालिकामा पर्ने बस्ती कालापानीसँगै साबिकको लिच्कीराम्चे र सिमपानी गाबिसमा पानी पु¥याउने लक्ष्यका साथ शुरु गरिएको ‘रसुवाघाट–कालापानी खानेपानी योजना’को काम ७० प्रतिशत सम्पन्न भएको हो । कुल १ करोड ८० लाख लागतमा सम्पन्न हुने पम्पिङ प्रबिधिको योजना तीव्र गतिमा अगाडी बढिरहेको बताईएको छ । सोही गाउँपालिकामा पर्ने सप्तकोशी नदीवाट पानी पम्पिङ गर्ने आयोजना सम्पन्न भए पश्चात ठूलो राहत हुने स्थानीयको भनाई छ । आफ्नो पहलमा करिब ४ बर्ष अगाडी डिटेल सर्भे गरी शुरु गरिएको आयोजना सम्पन्न हुन लाग्दा एउटा सपना पूरा हुन लागेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको भनाई छ ।
यही बर्षभित्र खानेपानी सुचारु गराउन सकिने बताउने आयोजनाका अध्यक्ष कर्ण वहादुर राउतका अनुसार रसुवाघाट पुल अगाडी पानी तान्नका लागि भवन बनिसकेको छ । पालिकाको लिच्किराम्चेस्थित कालापानी जंगलमा दश लिटरको २ वटा आरभिटी ट्याङकी र कालापानीको सिरानमा ३० हजार लिटर पक्की ट्याङकी निर्माण भईसकेको अध्यक्ष राउतले बताउनुभयो ।
यस्तै, १२ सय मिटर लामो जिआई पाईप वल्डिङ गरी सकिएको छ भने, पाईप राख्ने पिलर पनि तयारी छ । योजनावाट पहिलो चरणमा लाभान्वित हुने ९७ घरधुरीलाई पोलेथिन पाईप समेत गाउँमा आईसकेको आयोजनाले जनाएको छ ।
चुहार पधेरा, मानेखोला पधेरा र खारखोला पधेरावाट दुई घण्टाको वाटो हिडेर खानेपानी उपभोग गरिरहेका स्थानियलाई निर्माणधिन योजनाले फाईदा पुग्ने छ ।