खोटाङ  मंसिर–१८, कम्पनी मालिकले लामो समयसम्म तलब नदिएपछि कतारमा अलपत्र बनेकी खोटाङकी एक युवतीलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा निरन्तर काम गरे पनि ४ महिनासम्म तलब नपाउँदा अलपत्र परेकी केपिलासगढी गाउँपालिका–३ बासपानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो । 
पाउनुपर्ने तलवका लागि पटक–पटक माग राखे पनि कम्पनी मालिकले वास्ता नगरेका कारण श्रम अदालतमा उजुरी दिँदा कम्पनी मालिक सम्पर्क बिहिन बनेपछि राई झनै  बिचल्नीमा परेकी थिइन् । २७ महिना अघि कतार पुगेकी राईलाई एकतर्फी हवाई टिकट उपलव्ध गराएर स्वदेश फकाईएको खोटासमाज कतारले जनाएको छ । कम्पनीबाट लामो समयसम्म तलव नपाउँदा समस्यामा परेपछि उनले सहयोगका लागि खोटाङ सेवा समाज समक्ष सहयोगका लागि मौखिक आग्रह गरेकी थिइन् ।