खोटाङ मंसिर–२०, खोटाङस्थित साकेला गााउँपालिकाको केन्दको बिषयमा सहमति हुन नसक्दा मतदान मार्फत मात्तिमको मानेभञ्ज्याङलाई केन्द्र कायम गरिएको छ । गत सोमबार र मंगलबार निरन्तर बसेको सर्बदलीय छलफलबाट सहमति जुट्न नसक्दा बुधबार गाउँसभाको मतदानमार्फत मानेभञ्ज्याङलाई केन्द्र कायम गरिएको हो । 
केन्द्रको लागि रतन्छा, मानेभञ्ज्याङ र देउरालीलाई प्रस्ताब गरिँदै आईएकोमा गाउँसभाका २९ जना मतदाताबाट केन्द्रको छिनोफानो भएको जनाईएको छ । देउरालीलाई केन्द्र बनाईनुपर्ने माग गर्दै आएको मात्तिम–४ ले पनि पछिल्लो समय मानेभञ्ज्याङलाई नै केन्द्र बनाउन तयार भएपछि साकेला र मानेभञ्ज्याङको लागि मतदान गराईएको थियो ।
मतदानमा मानेभञ्ज्याङको पक्षमा २२ मत खसे भने साकेला पक्षकोले मतदान नै नगरेको गाउँ कार्यपालिका सदस्य मिलन चाहारले जानकारी दिनुभयो । चाहारका अनुसार हाल गाउँपालिकामा समेटिएका वडा नम्बर–१ बाँझेच्यानडाँडा, ३ नम्बर खिदिमा र ५ नम्बर मात्तिम मानेभञ्ज्याङको पक्षमा थिए । २ नम्बर रतन्छा मात्र रतन्छा केन्द्रका पक्षमा उभिएका थिए ।