
खोटाङ २५ मंसिर
खोटाङका कांग्रेस नेता तथा गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रदेशसभामा पराजित उम्मेदवारद्धय सुबासकुमार पोखरेल र विष्णुकुमार राईले चुनाव हार र जितको लडाइँ नभएर प्रतिस्पर्धा गर्ने जनताको मञ्च भएको बताएका छन् ।
उनीहरुले पहिलो हुने जित्नेले सत्ता र भत्ता पाउने पछि पर्नेले फेरि जनतामा गएर ममता र आस्था राख्ने समेत बताएका छन् ।
निर्वाचन परिणामपछि दुवै जना नेताले सामाजिक सञ्जालमा लामो स्टाटस राख्दै यस्तो बताएका हुन् । पढौं दुवै नेताले लेखेको स्टाटस जस्ताको तस्तै
सुबासकुमार पोखरेल
लोकतन्त्रको पाठशालामा हामी सबै सगै छौं । चुनाव हार र जितको लडाइँ हैन । यो त प्रतिस्पर्धा गर्ने जनताको मञ्च हो । कांग्रेस हारेको छैन, प्रतिस्पर्धामा पछि परेको छ । पहिलो हुनेले सत्ता चलाउछ पछि पर्नेले जनता चलाउछ । पहिलो हुने जित्नेले सत्ता र भत्ता पाउछ,पछि पर्नेले फेरि जनतामा गएर ममता र आस्था जगाउछ । यस क्षणमा खोटाङबाट प्रथम हुने मेरा प्रिय प्रतिस्पर्धी राजन राई लगायत जनप्रतिनिधिहरु सबैलाइ म हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु । जितको उन्मातले आतंकको अपसस्कृती नजन्माओस, हारको मारले राजनीतिमा निरासा नछाओस । यसमा हामी सचेत बनौ । यो त केबल प्राजातान्त्रिक प्रकृया मात्र हो । जसले जनमतको मापन गराउछ । यो मापन एक पटकको लागि हो, हामी हाम्रो पार्टी कांग्रेस यसैका लागि ६९ बर्ष देखि तपस्या गरि आएको छ । लोकतन्त्रको यो मझेरी लोकतन्त्र बिरोधीका लागि समेत प्रिय लाग्नु कांग्रेसजन लागि सबभन्दा खुशीको क्षण हो । हाम्रो लागि बिजय भन्नू पनि यहि हो । हाम्रालागि यो हजरौ मत मनहरुको योग हो। जनताको हामी प्रतिको यो मायालाई सल्योट र सम्मान गर्न चाहन्छु । फरक बिचार राख्ने यी मनहरु हामी खोटाङ निर्माणकालागि जोडन चाहन्छौ। जनतासग जिस्कने जनताको मनलाइ तोड्ने विरुद्ध यो खबरदारीको मनहरु हुन, म यस क्षणमा यी मनहरुलाई सम्झिन र अरुलाई सम्झाउन चाहन्छु ।
हाम्रो लागि प्रथमतः चुनाव हुनु नै विजय हुनु हो । ब्यक्तिको हारेर पनि ब्यवस्था जिताउने कांग्रेसि पुर्खौली इतिहासको म सजिब औजार बन्न चाहान्छु । ता कि यसले प्रजातान्त्रिक संस्कृतीको नयाँ युगको थालनीका लागि एक इटाको काम गर्न सकोस ।
मलाई र हाम्रो पार्टी नेपाली कांग्रेसलाई मतदान गर्नु हुने आदरणीय खोटाङवासि जनसमुदाय, नेतृत्वलबर्हृदयदेखि मुरि मुरि धन्यवाद व्यक्त गर्न चाहन्छु । निर्बाचन आयोग, सुरक्षा निकाय, कर्मचारी बर्ग,पत्रकार ,राजनितिक दल अनि अहोरात्र प्राणको बाजि राखेर महिनौ सम्म काम गर्ने नेता र कर्यकर्ता सबैले पुर्याएको सकारात्मक योगदानको म मुक्तकन्ठले प्रसम्शा गर्न चाहन्छु ।
जयनेपाल ।
बिष्णुकुमार राई
लोकतन्त्रमा विजयर पराजय स्वभाविक हो । तन,मन र कर्मले सहयोग गर्नु हुने तथा मत परिणामबाट मनमा पिडा अनुभूत गरेर दुखित हुदै अनगीन्ति मैसेजर फोन गर्नुहुने सबै महानुभावहरुमा आभार प्रकट गर्दै दुखित नहुन बरु थप उर्जा बटुल्दै देश, समाज र जनहितका काममा समर्पित हुन अनुरोध गर्दछु । निकट क्षणमा विजयी हुनुहुने सबैलाई हार्दिक बधाई एवं शुभकामना ।
समय कति छिटो व्यतित भएछ, करिव ४ वर्ष अगाडि सम्पन्न संविधान सभाको निर्वाचनमा १०,००० मनहरुमा घर गर्न सकिएको थियो र करिव १०,००० मत प्राप्त भएको थियो । एमालेका उम्मेद्वारले करिव १४००० मत प्राप्त गर्नुभएको थियो र माओवादी केन्द्रले करिव ६००० । मान्छेको मन जित्न कति गाह्रो । ४ वर्षको अन्तरालमा धेरै कोशिस गर्दा करिव थप २००० मनमा घर गरेर १२००० मत पाउन सकिएछ । ७० सालमा २ पार्टीले प्राप्त मतर मन जोड्दा हुने २०,००० मनहरुमध्ये २००० मन नै पो हुन कि आज मलाई माया दिने जस्तो लाग्छ । अझ धेरै मनहरुमा बस्न सधै जनसेवामा जुट्ने प्रेरणा जागोस निर्वा्चित रामकुमार राई (पासाङ) लाई हार्दिक बधाई ।