लिला निरौला/खोटाङ

पौष–१, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत रुपाकोट मझुवागढी नगरपालिका वडा न ५ लफ्याङको श्री मावि मझुवा बास्बोटेमा सम्पन्न भएको हो । कार्यक्रम पहिलो र दोश्रो गरी दुई चरणमा सञ्चालन भएको थियो । 

  पहिलो चरणमा  सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श केन्द्रले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी,नेपालको वर्तमान अवस्था कागजपत्रको महत्व, विदेश जादा ध्यान दिनु पर्ने महत्वपूर्ण जानकारी , वैदेशिक रोजगारको फाइदा वेफाइदा,र दोश्रो चरणमा महिला कामदार सम्बन्धी जानकारी, साथै अतिरितm त्रियाकलाप हाजिरी जवाफ प्रतियोगिता गरी सम्पन्न भएको हो । विद्यार्थीहरुले  वैदेशिक रोजगार सम्बन्धी सोधिएको प्रश्नहरुको ८० प्रतिशत सही जवाफ दिनुभएको थियो । त्यसैगरी विद्योदय माध्यमिक विद्यालय दोर्पा र जालपा माध्यमिक विद्यालय नुनथलामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ ।