खोटाङ, पुस १०,  २०६९ सालमा आयोजित खोटाङ सुगमस्टारको उपाधि विजेता गायक सचिन राईले म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा ल्याएका छन् । खोटाङ सुगमस्टार बनेपछि २०७१ सालमा गीति एल्बम ‘सुगमस्टार’ मार्फत बजारमा छाएका गायक राईले पुनः सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् ।
वर्तमान युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको म्यूजिक भिडियोमा रोजिना राई, हरिचन्द्र राई लगायतले अभिनय गरेका छन् । हेरुका लामाको कोरियोग्राफीमा बनेको म्यूजिक भिडियोमा खगेन्द्र पन्धाक लिम्बूको निर्देशन रहेको छ । म्यूजिक भिडियो रेम्बो रेज मिडियाले निर्माण गरेको हो । म्यूजिक भिडियो यूटुवमा राखेको २४ घण्टा नबित्दै भ्यूअर करिब ९ हजार पुगि सकेको छ । 
२०७० सालमा आयोजित नेपाल आइडलका फाईनालिष्ट राईले २५÷३० वटा कलेक्सन गीतमा स्वर दिइसकेका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका गायक राईले छिट्टै अर्को एल्बम लिएर आउने बताए ।