खोटङ पुस–१४, निर्वाचन खारेजीको अभियानमा हिंसात्मक गतिविधिमा उत्रिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिंसात्मक गतिबिधिलाई निरन्तरता दिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन पश्चात पनि त्यस्ता गतिविधिलाई निरन्तरता दिँदै भोजपुरको अरुण गाउँपालिका–१ का निर्वाचित वडाअध्यक्ष नगेन्द्र खत्रीमाथि सोही पार्टीले सांघातिक हमला गरेको छ ।
गत शुक्रबार वडा कार्यलय जाने क्रममा बाटोमा पाँचजनाको समुहले कम्मर मुनि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको घटनाको जिम्मा विज्ञप्ती मार्फत विप्लव नेतृत्वको (नेकपा)ले लिएका छन् । हाल काठमाण्डौस्थित पाटन अस्पतालमा उपचाररत अवस्थामा रहेको खत्रीमाथि भएको आक्रमणको जिम्मा विहिबार उक्त पार्टीले लिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी भोजपुरका जिल्ला इन्चार्ज ज्ञानुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा खत्रीले पार्टी आस्थाको आधारमा योजना बाँडफाँड गरेको, नेपाल कम्युनिष्ट पार्टी विरुद्ध सुराकी गरेको र जनपक्षीय काम नगरेका कारण सुधार्नका लागि चेतवनी स्वरुप भौत्तिक कारवाही गरेको उल्लेख छ । तत्कालै, जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जीयर थारुलाई घटनाको विषयमा बुझ्दा घटना सामान्य रहेको प्रतिक्रिया दिनुभएको थियो । जनपक्षीय काम नगर्ने तथा जनतालाई शास्ती दिने जो कोहीलाई कारवाही गर्ने नेपाल कम्युनिष्ट पार्टीका सगरमाथा व्यूरो कार्यालय सचिव शैलेशको भनाई छ ।