आगलागी पीडितलाई १० हजारका दरले सहयोग कोषबाट सहयोग

खोटाङ १९ पुस
खोटाङ समाज सेवा हङकङद्धारा खोटाङ जिल्लामा स्थापना गरेको ‘खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष’ ले हलेसी आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
आगलागीबाट पुर्ण क्षति भएको ४ घरलाई १० हजारको दर र आंशिक रुपमा क्षति भएका पाँच घर परिवारलाई ४ हजारको दरले जम्मा ६० हजार नगद राहत वितरण गरिएको खोटाङ सेवा समाज हङकङले जनाएको छ ।
नगरपालिकाका मेयर ईबन राई र वडा नम्बर ७ का अध्यक्षको रोहबरमा रातह रकम वितरण गरिएको थियो । खोटाङ सेवा समाज हङकङले हङकङबाट राहत संकलन सुरु गर्ने समेत जनाएको छ ।