देब्रे हात गुमाएका युवालाई आर्थिक सहयोग

 खोटाङ  पुस–२१, काठ चिरानीका लागि रुख ढाल्नेक्रममा रुखको हाँगोले किच्दा देब्रे हात गुमाएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका १७ वर्षीय चित्रकुमार राईलाई उपचार आर्थिक सहयोग प्राप्त भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भइ हाल काठ्माण्डौं रहेका राजुबिक्रम चामलिङको संयोजनमा चित्रकुमारलाई उपचार खर्च स्वरुप १३ हजार ५ सय प्राप्त भएको हो । हाल ट्रमा सेन्टर काठ्माण्डौंमा उपचार गराइरहेका चित्रकुमारलाई उपचारमा आर्थिक समस्या परेपछि सहयोग उठाएर प्रदान गरिएको हो । रुखको हाँगाले क्षतबिक्षत बनाएको चित्रकुमारको हात काटेर फाल्नु परेको आफन्त जीवन राईले बताउनुभयो । 
७ महिनाअघि मात्र बिवाह गरेका उनको पुस १२ गते ओखलढुंगाको वाक्सामा चिरानीका लागि ढालिएको रुखले किच्दा हात छियाछिया भएको थियो ।