गायक राज लिम्बु गीत प्रस्तुत गर्दै
खोटाङ पुस–२१, खोटाङस्थित हलेसीमा आगलागीका कारण उत्पन्न बिपत्तीलाई बिर्सेर सामान्य जीवनमा फर्कन सन्देश दिने उदेश्यले सोही स्थानमा बृहत सांगीतिक कन्सर्ट आयोजना गरिएको छ । आगलागीका कारण ८ भन्दा बढी घरपरिवारको गाँसबास उठाउने गरी उत्पन्न बिपद्लाई ब्यवस्थापन तथा पूर्नस्थापनाको सन्देश दिने उदेश्यसहित गरिमा कला डान्स सेन्टर खोटाङले बिहिबार कन्सर्टको आयोजना गरेको हो ।
गरिमा कला डान्स सेन्टरका कलाकारहरुको नृत्य प्रस्तुती
हलेसी मन्दिरको प्राङगणमै गरिएको कन्सर्टमा चर्चित गायिका बानिका प्रधान, गायक राज लिम्बु तथा गरिमा कला डान्स सेन्टरका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । आगलागीमा घर तथा सम्पति गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई र अम्बराज राई लगायतका व्यवसायीलाई दिल खोलेर सहयोग गर्न आब्हान गर्दै आयोजना गरिएको कन्सर्टमा उल्लेख्य उपस्थिती रहेको थियो । मेयर ईवन राईको प्रमुख आतिथ्यमा सम्पन्न कन्सर्टको अभिभाबकको रुपमा संकेत गर्दै स्थानीय समाजसेवी बृद्घ हर्कराज राईलाई अध्यक्षता ग्रहण गराईएको थियो ।
संस्थागत बिकासका लागि पूर्व रुपमा निर्धारण गरिएको कार्यक्रम भए पनि बिपद् लगत्तै मिति परेकाले आर्थिक संकलन नभई पीडित मनहरुमा उत्साह भर्ने उदेश्य बनाईएको कार्यक्रम संयोजक सुवास शंकरले बताउनुभयो ।
वडाध्यक्ष चईन्द्र राई लगायतको जनप्रतिनिधिहरु लगायत उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा कलाकारहरुले प्रसिद्घ स्थलमा उत्पन्न बिपतप्रति दुःख ब्यक्त गरेका थिए ।
गत मंगलबार राती मगम राईको घरबाट सुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गायिका बानिका प्रधान
प्रस्तोता रामधन बेदना