खोटाङ पुस–२२, खोटाङमा सञ्चालित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको दोश्रो वर्षमै पाँच करोड भन्दा बढिको आर्थिक कारोबार गरेको छ । संस्थाले वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीले हालसम्म पाँच करोड १५ लाख बराबरको आर्थिक कारोबार गरेको जनाएको छ । शनिबार दिक्तेलमा आयोजित प्रथम वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष अनिल जोशीले स्थापनादेखि हालसम्म साँढे ३ करोड निक्षेप तथा ३० लाख शेयर संकलन भएको र ८३ लाख राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएको जानकारी दिनुभयो ।
अध्यक्ष जोशीका अनुशार सहकारीले सामुहिक जमानी कर्जा र धितो कर्जा÷व्यवसायीक कर्जातर्फ ४ करोड २५ लाख कर्जा प्रवाह गरेको छ । हालसम्म २ लाख ५० हजार मुनाफा कमाएको सहकारीले जनाएको छ । जिल्लामा हालसम्म बित्तीय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दैआएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पसल, उत्पादलशिल क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर स्थापना भएको हो ।