उक्त गाउँपालिकाको भीरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।
प्याराग्लाइडिङ र ¥याफ्टीङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिका–६ छितापोखरी र दिप्रुङ गाउँपालिका–७ टेम्माकोबीचमा रहेको धिप्लुङ झरनासम्म पु¥याउने र ओझेलमा परेको झरनाको पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।
बतासेको भीरचुङ्माडाँडाबाट एकैसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए ।
प्याराग्लाईडरहरु
सुनकोशी किनारमा अवतरण हुँदै
तस्बिरहरु रामधन राई