
खोटाङ, माघ – ७, किरात राई यायोक्खा हलेसी तुवाचुङ नगर कमिटि गठन गरिएको छ । शनिबार सम्पन्न यायोक्खाको प्रथम नगर सम्मेलनले चक्रबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटि गठन गरेको हो । यायोक्खा नगर कमिटिको उपाध्यक्षमा कोपिला राई र योगिन्द्र राई, सचिवमा मबिन्द्र राई, सह–सचिवमा चेतकुमार राई र कोषाध्यक्षमा तप्सरा राई चयन भएका छन् ।
यायोक्खाका जिल्ला अध्यक्ष अञ्जना राईको प्रमुख आतिथ्यतामा नगर सम्मेलन सम्पन्न भएको हो ।