जिल्लाका बिभिन्न बिद्यालय तथा शैक्षिक संस्थाहरुमा धुमधामका साथ सरस्वती पूजा मनाईंदै छ । सदरमुकाम दिक्तेलबजारका लगायत जिल्लाका बिभिन्न शैक्षिक संस्थाहरुमा बिशेष समारोहको आयोजना गरी सरस्वती पूजा गरी बच्चाहरुको अक्षराम्भ समेत गराईंदैछ ।
यसैबीच, दिक्तेलबजारस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा सरस्वती पूजाको अवसरमा भब्य समारोहको आयोजना गरिएको छ । स्कुलमा पूजालाई भब्य बनाउनका लागि ब्यवस्थित मण्डप तथा पुरोहितको ब्यवस्था गरिएको छ । पूजाआजापछि बच्चाको अक्षराम्भको लागि समेत बिशेष ब्यवस्था गरिएको उक्त स्कुलमा पूजा गर्ने बिद्यार्थी तथा अभिभाबकको बिहानैदेखि घुईंचो लागेको छ ।
पूजा तथा अक्षराम्भ समारोह ब्यवस्थापनका लागि प्रिन्सिपल सागर जोशीका सार्थ शिक्षक तथा सिनियर बिद्यार्थीहरुको भ्याईनभ्याई देखिएको छ । केही झलकहरु :
यस्तै्र, दिक्तेलबजारस्थित सरस्वती माबिमा पनि पुजा आरधना गर्ने शिक्षाप्रेमीहरुको घुईंचो लागेको छ । हेर्नुहोस् तस्बिरमा :