खोटाङ माघ–९, खोटाङको सबै स्थानीय तहमा लुकेर रहेका गायन प्रतिभाको खोजी तथा उजागार गर्ने उदेश्यसहित जारी गरिएको गायन प्रतियोगिता खोटाङ आईडलको मल्टिराउण्डबाट २९ प्रतिस्पर्धी छनौट भएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नारा लिएर शुरु गरिएको जिल्लाब्यापी गायन प्रतियोगिताको बिभिन्न चरण पार हुँदै जाँदा छनौटमा पर्ने प्रतिस्पर्धीको गायकीमा निख्खरपना आउँदै गएको निर्णयकहरु बताउँछन् ।
ईशारा चेली राई, कुभिण्डे
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित परिबर्तन नेपालले आयोजना गरेको प्रतियोगिता जिल्लाकै ठूलो पुरस्कार राशीको भएको दाबी गरिएको छ । जिल्लाका दुई नगर र ८ गाउँपालिकाका बिभिन्न स्थानमा गएर लिईएको छनौट चरणको अडिसनमा करिब सात सय सहभागी थिए ।
कञ्चन राई ऐसेलुखर्क
सदरमुकाम दिक्तेलबजारमा आयोजना गरिएको प्रतियोगिताको पहिलो र दोश्रो चरणको अडिसनबाट ७० प्रतिभा तेश्रो अर्थात मल्टी राउण्ड अडिसन प्रबेश गरेका थिए ।
सोमबार दिक्तेलबजारमै आयोजना गरिएको तेश्रो अडिसनबाट छानिएका बिभिन्न स्थानीय तहका २९ जना सहभागी लोक–आधुनिक चरणका लागि आगामी माघ–१६ गते दिक्तेलबजारस्थित मञ्चमा उत्रने कार्यक्रम संयोजक जीवनके राईले जनाउनुभयो ।
सुमन राई केपिलासगढी
उत्कृष्ट २९ मा पर्न सफल प्रतिभाहरु
संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, रुपेश राई जन्तेढुंगा, देवान सुप्तिहाङ खोटेहाङ, दिपा राई सिम्पानी, अजय राई सिम्पानी, ईजु राई, सुमन राई केपिलासगढी, कञ्चन राई ऐसेलुखर्क, ईशारा चेली राई कुभिण्डे, रोशन लिङदेन पाथेका, आयन राई नेर्पा, अनुका राई पाथेका, तेज राई सप्तेश्वर, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले, पर्शुराम गजमेर खार्मी, रोहित चाम्लिङ दिपु्रङ, युवराज राई नुनथला, गौरब आले हलेसी, राजन गिरी बुइपा, शन्देस राई नुनथला, उमेश राई खार्मी, देबेन्द्र रोका निर्मलीडाडाँ, योगेन दुमी ऐसेलुखर्क, भरत मगर खार्पा, शुष्मा राई हलेसी, सुजता परियार रतन्छा ।
मल्टीराउण्डको निर्णयकहरु अटल राई, अडिराम राई र भक्त बिश्वकर्माको
अमिता राई लफ्याङ,
पर्शुराम गजमेर खार्मी
रोशन लिङदेन पाथेका
आयन राई नेर्पा
उमेश राई ,खार्मी
तेज राई,सप्तेश्वर
लोक–आधुनिक चरणबाट १५ जना प्रतिभामा सिमित गरी भोटिङ सिष्टम शुरु गरिने प्रतियोगिताबाट १५ बाट १० र १० जनाबाट ५ जनामा सिमित गर्दै फाईनलमा पु¥याईने आयोजकले जनाएको छ । खोटाङ आईडलको पहिलो, दोश्रो, तेश्रो र वेष्ट भोकलिष्ट छानिएसँगै खोटाङ आईडलको पहिलो संस्करण समापन हुनेछ ।
विजेता मध्ये प्रथमे ५४ हजार ५ सय ७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५ सय ७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५ सय ७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । यस्तै, वेष्ट भोकलिष्टले २ हजार ५ सय ७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।