यसरी गरियो सांसद पासाङका बुवाको अन्त्येष्टि, बादलदेखि सांसदहरूसम्मको उपस्थिति (फोटोफिचर)

काठमाडौं ११ माघ


नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेशसभा खोटाङ क्षेत्र नम्बर दुईका सांसद रामकुमार राई (पासाङ) का बुवाकोआज अन्त्येष्टि  गरिएको छ ।
८८ वर्षको उमेरमा ९ माघमा बुवाको निधन भएपनि पासाङका दाई विदेशबाट आएपछि आज पशुपतिस्थित वनकालीमा अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल), माओवादी केन्द्रका सचिवालय सदस्य तथा प्रदेश एक इन्चार्ज गोपाल किराती, अर्का सचिवालय सदस्य टंक राई, खोटाङ प्रतिनिधिसभा सदस्य विशाल भट्टराई लगायत नेता, सांसद, शुभचिन्तकहरूको ठूलो संख्या उपस्थित बनेको थियो ।