

नेपाली सेनाका १८ नम्बर बाहिनीपति सहायक रथी भरतप्रसाद पाठक र सैनिक श्रीमती संघकी सदस्य सावित्री पाठकको उपस्थितिमा पीडितलाई राहत सामग्री उपलब्ध गराइएको शेर गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी डम्बरबहादुर आलेमगरले बताउनुभयो । आगलागीमा घर सहित सर्वस्व गुमाएका मगम राई, उचितबहादुर राई, तम्बराज राई, र अम्बराज राईलाई राहत सामगी उपलब्ध गराइएको हो ।
खाना पकाउने ग्याँस सिलिन्डरबाट शुरु भएको आगोले हलेसीमा १३ घरको पाँच करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।
हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल मानिने हलेसीमा आगलागी भएको दश दिनपछि रक्षामन्त्री भीमसेनदास प्रधान आफै आगलागीको घटना निरीक्षण गर्न हलेसी आउनुभएको थियो ।
रक्षामन्त्री प्रधानले घटनास्थलबाटै सेनाका उच्च अधिकारीलाई फोन गरेर आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । पीडितसँगको भेटघाटका क्रममा रक्षामन्त्री प्रधानले क्याबिनेटमा कुरा राखेर आवश्यक सहयोगका लागि निर्णय गराउने आश्वासन दिनुभएको थियो ।
अग्निपीडित परिवार शेरगण मुढे ब्यारेकका नेपाली सेना र सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरीले बनाइ दिएको अस्थायी टहरामा बसिरहेका छन् ।