खोटाङ माघ–१७, राज्यबाट पोशाक, गोष्ठी र मिटामिन ए खुवाएवापतको भत्ता मात्र पाउँदै आएका महिला स्वास्थ्य स्वयंसेबिकालाई खोटाङमा प्रोत्साहन भत्ता समेत प्रदान गर्न शुरु गरिएको छ । महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै जिल्लाको दिप्रुङ गाउँपालिकाले मासिक ५ सयका दरले प्रोत्साहन भत्ता दिन शुरु गरेको हो ।

महिला स्वास्थ्य स्वयंसेबिकालाई गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताडअहमत अन्सारीले मंगलबार साउनदेखि पुससम्मको मासिक ५ सयका दरले एकमुष्ट ३÷३ हजार प्रोत्साहन भत्ता हस्तान्तरण गर्नु भएको छ । गाउँपालिकाका ७९ महिला स्वास्थ्य स्वयंसेबिकामध्ये उपस्थित ६५ जनाले प्रोत्साहन भत्ता लिएको दिप्रुङ गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।