
खोटाङ माघ–१८, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसीको फोहोर व्यवस्थापनका काम सुरु गरेको छ । त्रि–धार्मिकस्थल हलेसीलाई सफा, स्वच्छ र सुन्दर बनाएर पर्यटन प्रवद्र्धनका लागि बुधबारदेखि फोहोर हटाउन अभियान थालिएको मेयर इवन राईले बताउनुभयो ।
![]() |
फोटो फाइल |
हलेसीको मन्दीर आसपास, लाकुरी भञ्ज्याङ, रिट्ठाबोटे, डाँडाबजार, महेन्द्रोद्धय माबि आसपास, महन्तटार, चौकीडाँडा लगायतका स्थानमा फैलिएको फोहोरमैलाका कारण हलेसीबजार क्षेत्र दुर्गन्धित बन्दै गएपछि औपचारिकरुपमा फोहोर व्यवस्थापनका काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
हातमा कुचो, सावेल लिएर बोरामा उठाइएको फोहोर ट्याक्टरमा हालेर हलेसीबाट दुई किलोमिटर टाढा नाङ्गेडाँडामा निर्माण गरिएको डम्पिङसाईटमा फाल्ने व्यवस्था मिलाइएको छ । फोहोर व्यवस्थापनका लागि सदरमुकाम दिक्तेलबाट प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, डिएसपी लोकदर्शन थापा शसस्त्र प्रहरीको टोली लिएर हलेसी झरेका छन् ।
फोहोरमैला उठाउनका लागि बजारबासीको भने सहभागीता कम रहेको गुनासो आएको छ । तिब्र गतिमा बस्ती बिस्तार भएपछि फोहोर बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो ।