
काठमाडौं ३ फागुननेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ४१ औं प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति कार्यालयले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् भने आज दिउँसो चार बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।
एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए।
योसँगै ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन्। यसअघि उनी २०७२ असोजमा प्रधानमन्त्री नियुक्त भएका थिए।
