खोटाङ फागुन–१०, खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको आगलागीमा परी घाईंते ५० बर्षिया रत्नमायाँ सार्कीको उपचारका लागि समस्या भएको छ । बुधबार आफ्नै घरमा भएको आगलागीमा पर्दा घाँटी र कम्मरमुनीको भाग जलेपछि काठमाण्डौंको मोडल अस्पताल पु¥याईएको सार्कीको जलेको भागमा छाला फेर्नुपर्ने भएपछि समस्या भएको हो ।  
सार्कीको उपचारको लागि कि त चार जना छाला दान गर्ने ब्यक्ति तयार हुनुपर्ने कि तत्कालै बाहिरबाट छाला झिकाउने रकम जम्मा गर्नुपर्ने भएपछि समस्या भएको हो । बाहिरबाट छाला झिकाउनका लागि अस्पतालमा बुझाउने पैसा नभएको अवस्थाको सार्कीलाई छाला दान गर्ने मान्छे पनि नभएपछि उपचारमा समस्या भएको आफन्तले जनाएको छ । छाला फेर्न नसकिए घाईंतेलाई बचाउन मुस्किल पर्ने, यदि बचे पनि  खुट्टा सुकेर जाने तथा मृगौलामा समस्या हुने अस्पतालले जनाएको छ ।
आगलागीका कारण सख्त घाईंते न्युन आथिक अवस्थाको सार्कीलाई स्थानीयको आर्थिक सहयोगमा हेलि चार्टर गरी काठमाण्डौंको केएमसी अस्पताल पु¥याईएकोमा उपचार हुन नसकेपछी बुधबार नै मोडल अस्पताल लगिएको थियो ।  

आगलागीमा पुरै घर सम्पति गुमाएका सार्कीलाई रावाबेंशी गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, सामुदायिक बन, नेवार गुठी, दलित कोष र ब्यक्ति÷ब्यक्तिको सहयोगमा संकलित रकमले हेलीकोप्टर चार्टर गरेर दिउँसो साँडे १ बजे काठमाण्डौं पठाइएको थियोे ।

रत्नमायाँको श्रीमान धनबहादुर सार्कीले काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा बच्चाले पारेको लाईटरको आगोबाट अचानक आगलागी भएको थियो । 
आगोले रत्नमायाँको अनुहार बाहेक शरीरका अधिकांश भाग जलेको छ । संवेदनशिल अंगमा समेत असर पुगेकाले अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्नुपरेको थियो । आगलागीबाट श्रीमान धनबहादुर र कान्छा छोरा समेत सामान्य घाईंते भएका छन् ।
अग्नी पीडितका लागि तत्काल सहयोग रकम संकलन गरी १ लाख ७० हजारमा हेलीकोप्टर चार्टर गरिएको थियो । सो मध्ये लामिडाडाँ विमानस्थलमा १ लाख २० हजार दिएको र अग्नी पिडित रत्नमायाको श्रीमान धन बहादुरलाई उपचार खर्च स्वरुप २६ हजार नगद दिईएकोे रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । पालिका प्रमुख निरौलाका अनुसार पीडितका लागि सहयोग संकलन भईरहेको छ ।
आगलागीमा जस्तापाताको छानो भएको घरसँगैे सुन, चाँदी, नगद लगायतका जिन्सी जल्दा १२ लाख ५६ हजार बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ ।