–ओजोनबावु आचार्य
   “सकेसम्म स्वदेशमै रोजगारी गरौं, यदि विदेश जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्दै आएको सामी परियोजनाले अब युवालाई स्वरोजगार बन्न प्रेरित गर्ने भएको छ ।
नेपालमा दैनिक १२ सय देखी १५सय युवा रोजगारको सिलसिलामा नेपाल छाड्छन् । बर्षेनी ४० लाख भन्द बढि श्रमशक्ति श्रम बजारमा भित्रिरहेको अवस्थामा अधिकांशको मन मस्तिष्कमा वैदेशिक रोजगार मात्र एउटै विकल्पको रुपमा आईरहेको तथ्याङ्कहरुले देखाउँछन । 
के देशमा रोजगारीका अवसर नै छैनन् त ?, के वैदेशिक रोजगार नै अन्तिम विकल्प हो त ? स्वदेशमै रोजगार गर्ने वातावरण बनाउन सकिदैन ? यि र यिनै विषयका जवाफ खोतल्दै सुरक्षित आप्रवासन(सामी) परियोजनाले खोटाङ जिल्लाका युवालाई स्वरोजगारीमा पे्ररित गर्ने कार्यक्रमहरु ल्याउने भएको हो ।
सामी अन्तरगत बालसेवा समाज नेपाल नेर्पा खोटाङको अगुवाईमा दिक्तेलबजारको शुभदिन होटलमा हालै यस विषयमा अन्तरक्रिया भईसकेको छ ।  जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी लगायतको उपस्थितीमा स्वरोजगारको बिषयमा अन्र्तक्रिया सम्पन्न भएको हो ।  बिशेष अन्र्तक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी,  जिसस सदस्य चर्च बहादुर विश्वकर्मा, जिल्ला शिक्षा कार्यालयका ठाकुर प्रसाद दाहाल,  महिला तथा बालबालिका कार्यालयका प्रतिमा यादवको समेत उपस्थिती थियो । 
यस्तै, गैसस महाससंघका प्रतिनिधि प्रमोद श्रेष्ठ, बालसेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेल , एसडीसी  निर्मला सुब्बा, सामी हेल्भेटास का जिल्ला कार्यक्रम संयोजक भक्तकुमार राई, सबल परियोजनाका गजेन्द्रप्रसाद खत्री लगायतले अन्र्तक्रियामा सहभागिता जनाएका थिए । 
 वैदेशिक रोजगारलाई बाध्यता ठान्ने तथा आकर्षण ठान्ने युवाहरुलाई देशमै सम्भावनाहरु देखाउने र स्वरोजगारमा प्रेरित गर्ने बिषयमा गहन अन्र्तक्रिया भएको परियोजनाले जनाएको छ । 
तुलनात्मक रुपमा विदेशमा हुने कमाई स्वदेशमै पनि गर्न सकिन्छ भन्ने सम्भावनाहरुलाई युवामाझ पु¥याउनका लागि आ–आफ्नो पक्षबाट लाग्नुपर्ने अन्र्तक्रियाबाट निष्कर्ष निकालिएको थियो । 

युवालाई लक्षित गरेर 

– स्थानिय स्तरमै सफलतापुर्वक आम्दानीमुलक कृयाकलाप संचालन गरिरहेका व्यवसायीहरुको उदाहरण र त्यसका लागी उनिहरुले गरेका प्रयास बारे जानकारी गराई सम्भावनामुलक जानकारी दिने,
– जिल्लामा कृयाशिल वित्तिय संस्थाहरुलाई युवा लक्षित स्वरोजगारमुलक क्षेत्रमा ऋण लगानीको लागी अभिप्रेरित गर्ने,
– विभिन्न सरकारी निकाय, संघ संस्थाहरुले प्रदान गर्ने सिपमुलक तालिम, रोजगारका अवशर, लगायतका युवा लक्षित कार्यक्रमहरुको सुची तयार गरी त्यस्ता कार्यक्रमहरुमा पेस गर्नुपर्ने प्रस्ताव लगायतको प्राविधिक पाटोमा समेत सहयोग पुग्ने गरी स्पष्ट सुचना, जानकारी र त्यसको प्रकृया युवामाझ पुर्याउने,
– स्वदेशमै गर्न सकिने आम्दानीमुलक कृयाकलापहरुको सुची तयार गरी ति कृयाकलापहरुको प्राविधिक पक्षहरुका बारेमा जानकारी गराउने,
लगायतका बिषयहरुमा प्रभावकारी सुचना प्रवाह गरी युवाहरुलाई सकेसम्म स्वदेशमै रोजगारी गर्न पहल गरिने छलफलले निष्कर्ष निकालेको हो । 
अन्तरकृयामा युवा जनशक्तिको यस किसिमको नैराश्यताले हुने विदेश पलायनले गर्दा देशमा भईरहेको काहालीलाग्दो अवस्थाको बारेमा पनि छलफल गरिएको थियो ।  हाल ४१ लाख भन्दा बढि नेपाली युवा विदेशमा छन जो एकदम जोखिमपुर्ण, अप्ठेरो काम  गर्न बाध्य छन ।