खोटाङ फागनु–२०, खोटाङको रावावेशी गाँउपालिका–३ लामिडाडाँस्थित आफ्नै घरमा भएको आगलागीमा परी घाईंते बनेकी रत्नमायाँ सार्कीको मृत्यु भएको छ । गएको फागुन ९ गतेको आगलागीमा गम्भिर घाईंते भएकी सार्कीलाई तत्कालै काठमाण्डौं लगिए पनि उपचार सम्भब नभएपछि घर फर्काउने क्रममा शनिबार मृत्यु भएको हो ।
आगालागीमा परि घाँटी र कम्मर मुनीको भाग अत्याधिक जलेपछि सार्कीलाई उपचारका लागि किर्तीपुर अस्पताल काठमाण्डौमा राखिएको थियो । उपचार पछि घर फर्कने क्रममा हलेशी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारमा मृत्यु भएको आफन्तले जनाएका छन् । 
जलेर थलिएकी रत्नमायाको एघार दिनसम्म उपचार गर्दा समेत विरामीलाई बचाउन नसकिएको भतिजा एकराज सार्कीले बताउनुभयो । 
उपचारमा सुधार नआएपछि विरामी रत्नमायाले हातको ईसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको बताईएको छ । ५० बर्षिया सार्कीलाई उपचारका लागि स्थानीय जनप्रपितनिधिको अगुवाईमा तत्कालै एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाण्डौं पठाईएको थियो । 
काठ चिर्ने मेसिनमा पेट्रोल हाल्नेक्रममा नजिकै केटाकेटीले लाईटर बाल्दा सुरु भएको आगालागीमा धन बहादर सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडा लगायत१२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 सार्कीको श्रीमान पाँच छोरा र दुई छोरी रहेका छन् ।