खोटाङ फागुन–२३, खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सेल्मे देबीखोला सामुदायिक बनमा लागेको भिषण डढेलो नियन्त्रण बाहिर गएको छ । मंगलबार दिउँसो सुरु भएको आगो नियन्त्रण बाहिर गएको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष दिपेन राईले बताउनुभयो ।
 सुक्खा मौसम भएकाले सामुदायिक बनको सयौं हेक्टर जग्गामा डढेलो फैलिएको छ । सेल्मे देबीखोला सामुदायिक बनबाट सुरु भएको डढेलो अहिले छिमेकी जिल्ला भोजपुरको पान्धारेस्थित रोफुवा कमेरे गैरी भञ्ज्याङ सामुदायिक बनतर्फ पुगेको वडाध्यक्ष राईले जनाउनुभयो । 
वाप्लुखा प्रहरी चौकी, पानधारे प्रहरीचौकीका प्रहरी र स्थानीयबासीले डढेलो निभाउने प्रयास गरे पनि सम्भव नभएको बताइएको छ ।