खोटाङ, फागुन २२, जिल्ला जनस्वास्थ्य कार्यालय दिक्तेललाई उदयपुरको मातहतमा लैजाने तयारी गरिएको भन्दै खोटाङका राजनैतिक दलले बिरोध सुरु गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको प्रादेशिक स्वास्थ्य फिल्ड कार्यालय उदयपुर कायम गर्न लागिएको भन्दै मंगलबार जिल्ला समन्वय समितिको संयोजनमा बसेको सबैदलीय बैठकले जनस्वास्थ्य लगायतका सरकारी कार्यालयलाई यथास्थानमा कायम राख्नका लागि दवावमुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
जिल्लामा क्रियासिल दल, प्रशासन, संघसंस्था लगायतको बैठकले जनस्वास्थ्य लगायतका बिषयगत कार्यालयलाई स्थानान्तरण गर्ने निर्णय नगर्नका लागि प्रधानमन्त्रीको कार्यालय, संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय र प्रदेश नम्बर १ को मूख्यामन्त्रीको कार्यालय समक्ष ध्यानाकर्षण–पत्र पठाउने निर्णय गरेको जिल्ला समन्वय समितिका संयोजक बबी चामलीङले बताउनुभयो ।
भएका स्वास्थ्य लगायतका सरकारी कार्यालय अन्यत्र हस्तान्तरण गर्ने निर्णयले जिल्लालाई उजाड बनाउने क्रम सुरु भएको भन्दै कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समिति र संघीय समाजबादी फोरमले सोमबार प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।
जनस्वास्थ्य लगायतका सरकारी कार्यालयलाई स्थानान्तरण गर्ने निर्णय फिर्ता लिनका लागि सोमबार प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराई नेतृत्वको टोलीले पनि काठ्माण्डौंमा प्रधानमन्त्री कार्यालयका सचिव एबं पुःर्नसंरचनाको संयोजक प्रेम राईको ध्यानाकर्षण गराएका थिए । विषयगत सरकारी कार्यालय सार्ने वा अन्यत्र मातहतमा लैजाने विषय साझा मुद्धा भएकाले सबै दल सामुहिकरुपमा जुटेर संघर्ष गर्ने निर्णय गरिएको समन्वय समितिका संयोजक चामलीङले बताउनुभयो ।